काठमाडौँ महानगरको ‘सिप मेला’ : फेसन डिजाइनिङदेखि ज्योतिषको प्रशिक्षणसम्म
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यही वैशाख १९ देखि टुँडिखेलमा ‘सिप मेला’ आयोजना गर्ने भएको छ । ‘शिक्षालाई सिपसँग, सिपलाई श्रमसँग’ र ’श्रमलाई उत्पादनसँग’ जोडेर सिप नहुनेलाई सिपयुक्त बनाउन मेला आयोजना गरेको महानगरपालिकाले जनाएको छ ।
मंगलबार पत्रकार सम्मेलन गर्दै महानगरले सिप भएकालाई रोजगार तथा स्वरोजगार बनाउनु, रोजगारमा भएका तर सिप नभएकाहरूको व्यावसायिक उत्तर वृद्धि गराएर आयमा वृद्धि गराउनु तालिम सञ्चालनको मुख्य लक्ष्य रहेको जनाएको छ । ‘१ महिनामा २ हजार ८१ जनालाई उच्च माग भएका पेसासँग सम्बन्धित निःशुल्क तालिम उपलब्ध गराउनु कार्यक्रमका क्रियाकलाप हुन्’, पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा भनिएको छ ।
महानगरले तालिम पाएका सबैलाई रोजगार, स्वरोजगार वा ओजेटी (अन द जब ट्रेनिङ्) सुनिश्चित गरेको दाबी समेत गरेको छ । रोजगारदाता (सरकारी, गैरसरकारी, निजी, उद्योग तथा वाणिज्य क्षेत्र, दातृ निकाय), शैक्षिक क्षेत्र (विद्यालय, विश्वविद्यालय र तालिम प्रदायक सङ्घ संस्था), सामाजिक क्षेत्र सबै एकै ठाउँ भएर सञ्चालन हुने तालिम, नतिजाका लागि उत्कृष्ट सहकार्यको नमुना कार्यक्रमका रूपमा अर्थ्याएको छ । रोजगारदाताको आवश्यकता र बजारले मागेको सिप हासिल गरेका जनशक्ति उत्पादन गर्न व्यावसायिक तालिमको आवश्यकता महसुस गरेर ‘सिप मेला’ आयोजना गरिएको महानगरले जनाएको छ । सिप विकासका लागि महानगरपालिकाले सञ्चालन गरेका अरू पनि तालिमका कार्यक्रम छन् ।
सिप मेलामा तालिमका लागि १० वटा क्षेत्र निर्धारण गरिएको महानगरले जनाएको छ । २९ प्रकारका पेसागत तालिम दिने र मागका आधारमा थप क्षेत्र र पेसा थप गर्ने योजना रहेको पनि महानगरले जनाएको छ ।
मेलामा अटो मोवाइल्स,निर्माण, हस्पिटालिटी एन्ड म्यानेजमेन्ट, सूचना प्रविधि, मेकानिकलमा वेल्डिङ् र रेफ्रिजेरेटर एन्ड एसी टेक्निसियन, व्युटिसियन (सौन्दर्य कला), डिजाइनिङ रपुरोहित तथा ज्योतिष सम्बन्धी प्रशिक्षण हुने महानगरका सहायक प्रवक्ता दिपक अधिकारीले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुक्ति घोषणा भएको चार वर्ष: हरवाचरवा समुदाय पहिचानबाट वञ्चित
-
पशुपति क्षेत्रमा सरसफाइ
-
हामी फाइनल खेल्न चाहन्थ्यौँ, यो खेल कोही खेल्न चाहँदैनन्: इङ्गल्यान्डका प्रशिक्षक टुचेल
-
१२ बजे १२ समाचार: अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा, सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण