आईपीएलमा महत्त्वपूर्ण उपलब्धि हासिल गर्ने धोनीपछि दोस्रो खेलाडी बन्दै छन् रोहित शर्मा
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा बिहीबार मुम्बई इन्डियन्स र पञ्जाब किङ्सबिच खेल हुँदैछ । यो खेल मुम्बई इन्डियन्सका प्रभावशाली खेलाडी रोहित शर्माका लागि विशेष छ । यो खेलसँगै रोहित शर्माले आईपीएलको इतिहासमा महेन्द्रसिंह धोनीको कीर्तिमानको बराबरी गर्नेछन् ।
रोहित शर्मा सन् २००८ मा सम्पन्न पहिलो संस्करणदेखि नै आईपीएलमा सहभागी हुँदै आएका छन् । उनी आईपीएलको इतिहासमा सर्वाधिक सफल कप्तान पनि हुन् । उनकै कप्तानीमा मुम्बईले पाँचपटक आईपीएलको उपाधि चुमिसकेको छ ।
जारी आईपीएलमा पनि उनी मुम्बईका लागि सर्वाधिक रन बनाउने खेलाडी हुन् । मुम्बई र पञ्जाबबिच बिहीबार खेलिने खेल रोहित शर्माका लागि आईपीएलमा २५०औँ खेल हुनेछ । आईपीएलको इतिहासमा हालसम्म धोनीले मात्र दुई सय ५० वा त्योभन्दा बढी खेल खेलेका छन् ।
धोनीले हालसम्म आईपीएलमा दुई सय ५६ खेल खेलिसकेका छन् । रोहित शर्मा बिहीबारको खेलपछि यस्तो उपलब्धि हासिल गर्ने दोस्रो खेलाडी बन्नेछन् । अर्का प्रभावशाली खेलाडी विराट कोहलीले भने हालसम्म आईपीएलमा दुई सय ४४ खेल खेलेका छन् ।
रोहित शर्माले हालसम्म आईपीएलमा दुई सय ४४ पाली खेल्दै ३०.१ को औसत र १३१.२२ को स्ट्राइक रेटमा कुल चार हजार नौ सय ३२ रन बनाएका छन् । यस क्रममा उनले दुई शतक र दुई अर्धशतक पनि प्रहार गरेका छन् । यसका अतिरिक्त उनले १५ विकेट पनि लिएका छन् ।
रोहित शर्मा आईपीएलको इतिहासमा बलिङतर्फ ह्याट्रिक विकेट लिने र ब्याटिङतर्फ शतक बनाउने निकै कम खेलाडीमध्ये एक हुन् । उनले मुम्बईका अतिरिक्त डेक्कन चार्जर्सबाट पनि आईपीएल खेलेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कम्पनी दर्तासँगै अनलाइनबाटै प्यान प्रमाणपत्र डाउनलोड गर्न सकिने
-
विद्यार्थी सङ्गठनका संरचना हटाउने त्रिविकाे निर्देशन फिर्ताकाे माग
-
खैरो हेरोइनसहित सप्तरीबाट एक जना पक्राउ
-
विद्यार्थी सङ्गठनको संरचना हटाउने विषयमा त्रिविकै निकायबिच मतभिन्नता
-
हालान्डको नर्वेलाई रोक्ने आइभोरी कोस्टको नयाँ हतियार
-
सेयर बजारमा २४.६३ अंकको गिरावट, नेप्से २६ सय नजिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण