बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

आईपीएलमा महत्त्वपूर्ण उपलब्धि हासिल गर्ने धोनीपछि दोस्रो खेलाडी बन्दै छन् रोहित शर्मा

बिहीबार, ०६ वैशाख २०८१, १३ : ०२
बिहीबार, ०६ वैशाख २०८१

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा बिहीबार मुम्बई इन्डियन्स र पञ्जाब किङ्सबिच खेल हुँदैछ । यो खेल मुम्बई इन्डियन्सका प्रभावशाली खेलाडी रोहित शर्माका लागि विशेष छ । यो खेलसँगै रोहित शर्माले आईपीएलको इतिहासमा महेन्द्रसिंह धोनीको कीर्तिमानको बराबरी गर्नेछन् ।

रोहित शर्मा सन् २००८ मा सम्पन्न पहिलो संस्करणदेखि नै आईपीएलमा सहभागी हुँदै आएका छन् । उनी आईपीएलको इतिहासमा सर्वाधिक सफल कप्तान पनि हुन् । उनकै कप्तानीमा मुम्बईले पाँचपटक आईपीएलको उपाधि चुमिसकेको छ ।

जारी आईपीएलमा पनि उनी मुम्बईका लागि सर्वाधिक रन बनाउने खेलाडी हुन् । मुम्बई र पञ्जाबबिच बिहीबार खेलिने खेल रोहित शर्माका लागि आईपीएलमा २५०औँ खेल हुनेछ । आईपीएलको इतिहासमा हालसम्म धोनीले मात्र दुई सय ५० वा त्योभन्दा बढी खेल खेलेका छन् ।

धोनीले हालसम्म आईपीएलमा दुई सय ५६ खेल खेलिसकेका छन् । रोहित शर्मा बिहीबारको खेलपछि यस्तो उपलब्धि हासिल गर्ने दोस्रो खेलाडी बन्नेछन् । अर्का प्रभावशाली खेलाडी विराट कोहलीले भने हालसम्म आईपीएलमा दुई सय ४४ खेल खेलेका छन् ।  

रोहित शर्माले हालसम्म आईपीएलमा दुई सय ४४ पाली खेल्दै ३०.१ को औसत र १३१.२२ को स्ट्राइक रेटमा कुल चार हजार नौ सय ३२ रन बनाएका छन् । यस क्रममा उनले दुई शतक र दुई अर्धशतक पनि प्रहार गरेका छन् । यसका अतिरिक्त उनले १५ विकेट पनि लिएका छन् ।

रोहित शर्मा आईपीएलको इतिहासमा बलिङतर्फ ह्याट्रिक विकेट लिने र ब्याटिङतर्फ शतक बनाउने निकै कम खेलाडीमध्ये एक हुन् । उनले मुम्बईका अतिरिक्त डेक्कन चार्जर्सबाट पनि आईपीएल खेलेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप