बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
सत्ता राजनीति

मधेसमा माओवादीले फेर्‍यो मन्त्री

बिहीबार, ०६ वैशाख २०८१, १५ : २४
बिहीबार, ०६ वैशाख २०८१

काठमाडौँ । मधेस प्रदेश सरकारमा माआवादी केन्द्रले आफ्नो मन्त्री फेरेको छ । माआवादीले उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रीबाट सुनिता यादवलाई हटाएर युवराज भट्टराईलाई ल्याउने भएको हो । 

मधेसमा माओवादीले दुई मन्त्रालय पाएको छ । उद्योग मन्त्रालय पहिलादेखि नै माओवादीले सम्हाल्दै आएको छ । अर्थ मन्त्रालयमा पनि माओवादीले दाबी गरेको छ ।  

माओवादी प्रदेशसभा संसदीय दलका नेता भरत साहले अर्थ मन्त्रालयमा आफूहरुको दाबी रहेको बताए । मन्त्रालयमा टुंगो नलागेसम्म विनाविभागीय मन्त्रीको रुपमा शपथ लिने उनले बताए ।

यस्तै नेकपा एकीकृत समाजवादीले बेची लुगेलीलाई मन्त्री बनाउने भएको छ ।  एकीकृत समाजवादीका सांसद रत्नेश्वर गोइतका अनुसार बेची लुगेलीलाई मन्त्री बनाउन औपचारिक निर्णय भने भएको छैन । एकीकृत समाजवादीलाई श्रम मन्त्रालय दिने तयारी भएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप