सत्ता राजनीति
मधेसमा माओवादीले फेर्यो मन्त्री
बिहीबार, ०६ वैशाख २०८१, १५ : २४
काठमाडौँ । मधेस प्रदेश सरकारमा माआवादी केन्द्रले आफ्नो मन्त्री फेरेको छ । माआवादीले उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रीबाट सुनिता यादवलाई हटाएर युवराज भट्टराईलाई ल्याउने भएको हो ।
मधेसमा माओवादीले दुई मन्त्रालय पाएको छ । उद्योग मन्त्रालय पहिलादेखि नै माओवादीले सम्हाल्दै आएको छ । अर्थ मन्त्रालयमा पनि माओवादीले दाबी गरेको छ ।
माओवादी प्रदेशसभा संसदीय दलका नेता भरत साहले अर्थ मन्त्रालयमा आफूहरुको दाबी रहेको बताए । मन्त्रालयमा टुंगो नलागेसम्म विनाविभागीय मन्त्रीको रुपमा शपथ लिने उनले बताए ।
यस्तै नेकपा एकीकृत समाजवादीले बेची लुगेलीलाई मन्त्री बनाउने भएको छ । एकीकृत समाजवादीका सांसद रत्नेश्वर गोइतका अनुसार बेची लुगेलीलाई मन्त्री बनाउन औपचारिक निर्णय भने भएको छैन । एकीकृत समाजवादीलाई श्रम मन्त्रालय दिने तयारी भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
-
कतै वर्षा त कतै चर्को घाम : भैरहवा र जनकपुरमा अधिकतम तापक्रम ३८ डिग्री पुग्ने
-
अवैध रूपमा नेपाल छिर्दै गरेका एक बङ्गलादेशी नागरिक पक्राउ
-
स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुना हटाइँदै (तस्बिरहरू)
-
एक्काइस किलो गाँजासहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण