मधेसमा मन्त्रिपरिषद् बिस्तार

धनुषाा । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् बिस्तार गरेका छन् । चौथो पटक विश्वासको मत लिएको एक दिन नबित्दै मुख्यमन्त्री यादवले तीन मन्त्री र एक राज्यमन्त्रीलाई मन्त्रिपरिषद्मा सामेल गर्दै मन्त्री परिषद् बिस्तार गरेका हुन् ।
नवनियुक्त मन्त्रीहरुमा भरतप्रसाद साह बिना विभागीय, युवराज भट्टराई उद्योग वाणिज्य तथा पर्यटन, बेची लुङ्गेलीले बिना विभागीय मन्त्रीको जिम्मेवारी प्राप्त गरेका छन् । शारदा थापालाई गृह, सञ्चार तथा कानून मन्त्रालयको राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।
साह र भट्टराई नेकपा (माओवादी केन्द्र) बाट सरकारमा सहभागी भएका हुन् । लुङ्गेली नेकपा (एकीकृत समाजवादी) र थापा नेकपा एमालेबाट सरकारमा सहभागी बनेका हुन् । नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले पद तथा गोपनियताको शपथग्रहण समेत गराएका छन् ।
यता माओवादीबाट उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेबारी सम्हाल्दै आएकी सुनिता यादवलाई फिर्ता बोलाइएको छ । माओवादीका भरत साहले भने अर्थ मन्त्रालयमा दाबी गर्दै आएपनि टुंगो नलागेका कारण बिना विभागिय मन्त्रीको रुपमा अहिले शपथ लिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ श्रावणदेखि, बुकिङ खुला
-
गोदावरीमा विज्ञान तथा प्रविधि सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला सुरु
-
परिवर्तन अभियान नेपालद्वारा उपत्यकाका स्ववियु सभापतिहरूलाई सम्मान
-
प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक थापा
-
संसद्मा नीति तथा कार्यक्रममाथि छलफल जारी, सांसदका कुर्सी खाली (तस्बिरहरू)
-
युवा संघको भेलामा झडप, श्रेष्ठ र पौडेल घाइते