बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश

लुम्बिनी प्रदेशका मन्त्रीले लिए शपथ

बिहीबार, ०६ वैशाख २०८१, १८ : ०६
बिहीबार, ०६ वैशाख २०८१

बुटवल । लुम्बिनी प्रदेशका मन्त्रीले शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख अमिक शेरचनले बिहीबार नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराएका हुन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोख बहादुर महराले बिहीबार ७ जनालाई विनाविभागीय मन्त्रीमा नियुक्त गरेका थिए । यसअघि ४ सदस्यीय मन्त्रीमण्डल रहेको लुम्बिनीमा अब ११ सदस्य बनेको हो । 

मुख्यमन्त्री महराले एमालेबाट दिनेश पन्थी, अर्जुनबहादुर केसी, भूमिश्वर ढकाल र रत्नबहादुर खत्री, नागरिक उन्मुक्तिबाट धर्मबहादुर चौधरी, स्वतन्त्र सांसद खड्गबहादुर बस्नेत र एकीकृत समाजवादी पार्टीबाट भगवती अधिकारीलाई मन्त्रीमा नियुक्त गरेका हुन् ।  

यसअघि चैत २३ गते मुख्यमन्त्रीमा नियुक्त भएका माओवादी केन्द्रका जोखबहादुर महराले विनाविभागीय मन्त्रीमा एमालेबाट चेतनारायण आचार्य, माओवादीबाट दीपेन्द्र पुन र जसपाबाट भण्डारीलाल अहिरलाई मन्त्रालयको जिम्मेवारी दिएका थिए । आचार्यलाई अर्थ, पुनलाई स्वास्थ्य र अहिरलाई कृषि मन्त्रीको जिम्मेवारी दिइएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप