लुम्बिनी प्रदेशका मन्त्रीले लिए शपथ
बुटवल । लुम्बिनी प्रदेशका मन्त्रीले शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख अमिक शेरचनले बिहीबार नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराएका हुन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोख बहादुर महराले बिहीबार ७ जनालाई विनाविभागीय मन्त्रीमा नियुक्त गरेका थिए । यसअघि ४ सदस्यीय मन्त्रीमण्डल रहेको लुम्बिनीमा अब ११ सदस्य बनेको हो ।
मुख्यमन्त्री महराले एमालेबाट दिनेश पन्थी, अर्जुनबहादुर केसी, भूमिश्वर ढकाल र रत्नबहादुर खत्री, नागरिक उन्मुक्तिबाट धर्मबहादुर चौधरी, स्वतन्त्र सांसद खड्गबहादुर बस्नेत र एकीकृत समाजवादी पार्टीबाट भगवती अधिकारीलाई मन्त्रीमा नियुक्त गरेका हुन् ।
यसअघि चैत २३ गते मुख्यमन्त्रीमा नियुक्त भएका माओवादी केन्द्रका जोखबहादुर महराले विनाविभागीय मन्त्रीमा एमालेबाट चेतनारायण आचार्य, माओवादीबाट दीपेन्द्र पुन र जसपाबाट भण्डारीलाल अहिरलाई मन्त्रालयको जिम्मेवारी दिएका थिए । आचार्यलाई अर्थ, पुनलाई स्वास्थ्य र अहिरलाई कृषि मन्त्रीको जिम्मेवारी दिइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण