बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

शेरबहादुर देउवालाई एमालेको निम्तो, भने– आउँछु

शुक्रबार, ०७ वैशाख २०८१, १२ : २५
शुक्रबार, ०७ वैशाख २०८१

काठमाडौँ । नेकपा एमालेले शनिबारबाट सुरु हुने पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा सहभागी भइदिन कांग्रेस सभापति शेरबहादुर देउवालाई निम्ता दिएको छ । शुक्रबार बिहान एमाले नेताहरू देउवा निवास पुगेर निम्तो दिएका हुन् ।

देउवालाई निम्ता दिन एमाले सचिव योगेश भट्टराईलगायतका नेता देउवा  निवास पुगेका थिए ।  ‘हामीले शुक्रबार पूर्व प्रधानमन्त्री समेत रहेका नेता देउवालाई निम्ता दियौँ । उहाँले निम्तो स्वीकार गर्नु भएको छ । आउँछु भन्नुभएको छ’, सचिव भट्टराईको भनाइ छ । 

एमालेको प्रतिनिधि परिषद् बैठक गोदावरीस्थित सनराइज हलमा शनिबारबाट सुरु हुँदैछ । पार्टीको ७५ औँ स्थापना दिवसका अवसरमा एमालेले आयोजना गर्न लागेको विशेष समारोहमा विभिन्न सबै दलका शीर्ष नेतालाई अतिथिका रूपमा निम्त्याएको सचिव भट्टराईले जानकारी दिए । एमालेका अनुसार परिषद् बैठकमा एमालेका २५ सय प्रतिनीदहरू सहभागी हुनेछन् । उक्त बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनसहित अन्य नेताले फरक फरक प्रतिवेदन पेस गर्दैछन् । 

बैठकमा खासगरी एमालेको नीति र नेतृत्वबारे छलफल हुनेछ । यसैबिच नेकपा एमालेले आज शुक्रबार दिउँसो ३ बजे बैठकबारे जानकारी दिन पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलनको आयोजना गरेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप