शेरबहादुर देउवालाई एमालेको निम्तो, भने– आउँछु
काठमाडौँ । नेकपा एमालेले शनिबारबाट सुरु हुने पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा सहभागी भइदिन कांग्रेस सभापति शेरबहादुर देउवालाई निम्ता दिएको छ । शुक्रबार बिहान एमाले नेताहरू देउवा निवास पुगेर निम्तो दिएका हुन् ।
देउवालाई निम्ता दिन एमाले सचिव योगेश भट्टराईलगायतका नेता देउवा निवास पुगेका थिए । ‘हामीले शुक्रबार पूर्व प्रधानमन्त्री समेत रहेका नेता देउवालाई निम्ता दियौँ । उहाँले निम्तो स्वीकार गर्नु भएको छ । आउँछु भन्नुभएको छ’, सचिव भट्टराईको भनाइ छ ।
एमालेको प्रतिनिधि परिषद् बैठक गोदावरीस्थित सनराइज हलमा शनिबारबाट सुरु हुँदैछ । पार्टीको ७५ औँ स्थापना दिवसका अवसरमा एमालेले आयोजना गर्न लागेको विशेष समारोहमा विभिन्न सबै दलका शीर्ष नेतालाई अतिथिका रूपमा निम्त्याएको सचिव भट्टराईले जानकारी दिए । एमालेका अनुसार परिषद् बैठकमा एमालेका २५ सय प्रतिनीदहरू सहभागी हुनेछन् । उक्त बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनसहित अन्य नेताले फरक फरक प्रतिवेदन पेस गर्दैछन् ।
बैठकमा खासगरी एमालेको नीति र नेतृत्वबारे छलफल हुनेछ । यसैबिच नेकपा एमालेले आज शुक्रबार दिउँसो ३ बजे बैठकबारे जानकारी दिन पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलनको आयोजना गरेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२०२६ विश्वकपमा चम्किन तयार १२ किशोर खेलाडी
-
बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी
-
पश्चिम बंगालमा बुलेट ट्रेन परियोजना घोषणा
-
घानामा आलोचकहरूको बढ्दो गिरफ्तारी, अभिव्यक्ति स्वतन्त्रतामाथि चिन्ता
-
प्रधानमन्त्रीको बालेनको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीको प्रदर्शन
-
विश्वभरका साना जलाशयको क्षमता घट्दै : अध्ययन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण