शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्व प्रधानमन्त्री खनाल र किरात धर्मगुरु आत्मानन्दबिच भेटवार्ता

शनिबार, ०८ वैशाख २०८१, ०७ : ४०
शनिबार, ०८ वैशाख २०८१

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङसँग भेटवार्ता भएको छ । 

शुक्रबार इलामको माङसेबुङ ५ स्थित गुरुको निजी आश्रममा पूर्व प्रधानमन्त्री खनालले किरात धर्मगुरुसँग मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङसँग भेटवार्ता गरेका हुन् ।

भेटवार्तामा कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कमल प्रसाद जबेगु र  पूर्व मन्त्री तथा संसद् खिनु लङवा समेत सहभागी थिए । आगामी वैशाख १५ गते हुन लागेको इलाम २ को उपनिर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलका शीर्ष नेताहरूले किरात धर्मगुरुसँगको भेटलाई तीव्र बनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप