शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

यी तीन स्टार खेलाडीको नाममा लज्जास्पद कीर्तिमान

शनिबार, ०८ वैशाख २०८१, ०८ : ००
शनिबार, ०८ वैशाख २०८१

नयाँ दिल्ली । इन्डियन प्रिमियर लिग (आईपीएल) मा यस्ता कैयौँ कीर्तिमान छन्, जसलाई तोड्नका लागि हरेक खेलाडीले आफ्नो सम्पूर्ण शक्ति लगाउँछन् । तर तीमध्ये केही यस्ता लाजमर्दो कीर्तिमान छन्, जसलाई कुनै पनि खेलाडीले आफ्नो नाममा होस् भन्ने चाहँदैनन् । यस्तै एउटा कीर्तिमान सबैभन्दा धेरै पटक शून्य (डक) मा आउट हुनु हो।

आईपीएलको इतिहासमा सबैभन्दा धेरै पटक शून्यमा आउट हुने कीर्तिमान तीन खेलाडीले संयुक्त रूपमा बनाएका छन् । यी यस्ता खेलाडी हुन्, जसको नाम मात्रै क्रिकेट जगतका बलरहरूमा डर पैदा गर्न पर्याप्त छ । तर उनीहरूका फ्यानहरूले यो थाहा पाउँदा छक्क पर्नेछन् कि यी तीन स्टारहरू शून्यमा आउट हुने लज्जास्पद कीर्तिमानलाई अगाडि बढाउने काम गरिरहेका छन् ।

तीनै स्टार खेलाडी १७–१७ पटक शून्यमा आउट
यी तीन खेलाडी हुन् मुम्बई इन्डियन्सका पूर्व कप्तान रोहित शर्मा, रोयल च्यालेन्जर्स बैंगलोरका ग्लेन म्याक्सवेल र विकेटकिपर दिनेश कार्तिक । ती तीनै जना सर्वाधिक १७ पटक शून्यमा आउट भएका छन् । 

अब यी तीन खेलाडीमध्ये एक जना कुनै पनि अर्को खेलमा शून्यमा आउट भएमा अन्य दुईलाई उछिन्दै यो लज्जास्पद कीर्तिमानको हिसाबले शीर्ष स्थानमा पुग्नेछन् । 

आईपीएलमा सबैभन्दा धेरै पटक शून्यमा आउट भएका खेलाडीहरू

१७ पटक – ग्लेन म्याक्सवेल, रोहित शर्मा, दिनेश कार्तिक।

१५ पटक - राशिद खान, पियुष चावला, मनदीप सिंह, सुनिल नारायण।

१४ पटक - मनिष पाण्डे र अम्बाती रायडु।

१३ पटक - हरभजन सिंह, पार्थिव पटेल र अजिंक्य रहाणे ।

१२ पटक - गौतम गम्भीर।

रोहित र कार्तिक यो सिजन उत्कृष्ट लयमा छन् । रोहितले यो सिजन शतकीय पारी समेत खेलेका छन् । अर्कोतर्फ कार्तिकले उत्कृष्ट फिनिसरको भूमिका निर्वाह गरिरहेका छन् । तर म्याक्सवेल पनि खराब फर्मका कारण टिमबाट बाहिर छन् । रोहित पनि यो सिजन एक पटक शून्यमा आउट भएका छन् ।

रोहितले १७ औं सिजनमा अहिलेसम्म ७ खेल खेलेका छन् जसमा ४९.५० को औसतमा २९७ रन बनाएका छन् । यस अवधिमा उनले शतक (१०५ रन) समेत बनाएका छन् । 

अर्कोतर्फ कार्तिकले ७ खेलमा ७५.३३ को औसतमा २२६ रन बनाएका छन् । यस अवधिमा उनले २ अर्धशतक बनाएका छन् ।

म्याक्सवेल आईपीएल २०२४ मा तीन पटक शून्य रनमा आउट

अर्कोतर्फ, आईपीएल २०२४ सिजन म्याक्सवेलका लागि दुःस्वप्नभन्दा कम रहेन । उनले अहिलेसम्म ६ खेल खेलेका छन् जसमा ५.३३ को निकै कमजोर औसतमा ३२ रन मात्र बनाएका छन् । यस अवधिमा म्याक्सवेल ३ पटक शून्यमा आउट भएका छन् । यदि उनले मौका पाए भने यो लज्जास्पद कीर्तिमान बनाउने प्रबल दाबेदार हुनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप