ललितपुरमा इनारभित्र खसेका व्यक्तिको सकुशल उद्धार
आइतबार, ०९ वैशाख २०८१, १९ : ३९
ललितपुर । ललितपुर महानगरपालिका-५ स्थित सडक छेउको करिब ३० फिट गहिरो सार्वजनिक इनारभित्र खसेका सिन्धुली हरिहरपुरगढी नगरपालिका-५ का ४१ वर्षीय पुरुषको प्रहरीले सकुशल उद्धार गरेको छ ।
उक्त इनारभित्र गए राति मानिस खसेको भन्ने खबर प्राप्त हुनासाथ तत्काल वडा प्रहरी कार्यालय लगनखेल र प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई सकुशल उद्धार गरी उपचारको लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण