ललितपुरमा इनारभित्र खसेका व्यक्तिको सकुशल उद्धार
आइतबार, ०९ वैशाख २०८१, १९ : ३९
ललितपुर । ललितपुर महानगरपालिका-५ स्थित सडक छेउको करिब ३० फिट गहिरो सार्वजनिक इनारभित्र खसेका सिन्धुली हरिहरपुरगढी नगरपालिका-५ का ४१ वर्षीय पुरुषको प्रहरीले सकुशल उद्धार गरेको छ ।
उक्त इनारभित्र गए राति मानिस खसेको भन्ने खबर प्राप्त हुनासाथ तत्काल वडा प्रहरी कार्यालय लगनखेल र प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई सकुशल उद्धार गरी उपचारको लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविले संसद्मा बोल्न माग गरेकोबारे कांग्रेस पदाधिकारी बैठकमा छलफल
-
जसपा नेपालको बैठकमा अशोक र राजेन्द्रको सत्तोसराप
-
संविधानको धारा १६८(५) दोस्रो पटक प्रयोग, बिहीबार दाबी पेश हुने
-
हैदराबाद र हेडसामु लखनउ पहिलोपटक नतमस्तक
-
संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठनको आह्वान
-
हेलमेटभित्र लुकाएर लागुऔषध ओसारपसार गर्ने दुई युवक पक्राउ