सङ्घर्षपूर्ण जितसँगै युनाइटेड एफए कपको फाइनलमा
लण्डन । तीन गोलको सहज अग्रता गुमाउँदै म्यानचेस्टर युनाइटेडले पेनाल्टी सुटआउटमा च्याम्पियनसीप टोली कोभेन्ट्रीलाई हराएर एफए कपको फाइनलमा प्रवेश गरेको छ । टोली पेनाल्टी सुटआउटमा ४–२ गोलले विजयी बन्यो ।
पेनाल्टीमा पनि युनाइटेडका कासेमिरो पहिलो पेनाल्टीमा गोल गर्न चुकेका थिए । तर, अन्द्रे ओनानाले कोभेन्ट्रीका कालम ओ’हेर र कप्तान बेन सिफको गोल रोक्दै युनाइटेडलाई लज्जास्पद हारबाट जोगाए ।
खेलको २३ औँ मिनेटमा स्कट म्याकटोमिनीले युनाइटेडलाई अग्रता दिलाए । पहिलो हाफको इन्जुरी समयमा ह्यारी म्याग्वायरले टोलीको अग्रता दोब्बर बनाए ।
दोस्रो हाफको सुरुवातमा ब्रुनो फर्नान्डेजले अर्को गोल थप्दै युनाइटेडलाई सहज अग्रता दिलाएका थिए । यद्यपि, त्यसपछि कोभेन्ट्री खेलमा फर्कियो । एलिस सिम्सले ७१ औँ मिनेटमा एक गोल फर्काए ।
लगत्तै ओ’हेरले दोस्रो गोल गरे । इन्जुरी समयमा हाजी राइटले पेनाल्टीबाट गोल गरेपछि खेल बराबरीमा टुङ्गियो । अब युनाइटेडले फाइनलमा चिर प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीको सामना गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण