नीति तथा कार्यक्रम : ११ वटा ऐन तर्जुमाको लक्ष्य
काठमाडौँ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले ११ वटा ऐन तर्जुमा गर्ने लक्ष्य लिएको छ । ६ वटा ऐन,५ वटा विधेयक र ४ वटा नीति तर्जुमा गर्ने विषय उल्लेख छ ।
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा शुक्रबार सार्वजनिक आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा सो नीति, ऐन र विधेयक समावेश छ । यसमध्ये स्वास्थ्य सेवा ऐन, औषधी तथा स्वास्थ्य सम्बन्धी एकीकृत ऐन, यातायात व्यवस्था ऐन, सार्वजनिक सडक ऐन समावेश छ ।
साथै सडक सुरक्षा ऐन, स्वास्थ्य सेवाको गुणस्तर नियमनका लागि राष्ट्रिय गुणस्तर प्रत्ययन प्राधिकरण ऐन तर्जुमा गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । यस्तै नीतिमा राष्ट्रिय यातायात नीति तर्जुमा गरिने राष्ट्रिय सुरक्षा नीति र प्रतिरक्षा नीति प्रभावकारी बनाइने, पेट्रोलमा बायोइथानोल मिश्रणको नीति कार्यान्वयन गरिने उल्लेख छ ।
साथै शिक्षासँग सम्बन्धित कानुनलाई संशोधन गर्न बनेको विधेयक पारित गर्ने विषय नीति तथा कार्यक्रममा उल्लेख छ । यस्तै नागरिकता विधेयक लगायत नेपाल प्रहरीसम्बन्धी र सशस्त्र प्रहरी बल नेपालसम्बन्धी कानुनलाई संशोधन गर्न तथा एकीकरण गर्न बनेको विधेयक, सङ्घीय निजमति सेवा सम्बन्धी विधेयक उल्लेख छ ।
साथै वैकल्पिक विकास वित्त परिचालन सम्बन्धी विधेयक पारित गर्ने, भूमिसम्बन्धी विधेयक, नेपाल हवाई सेवा प्राधिकरणको सपना र व्यवस्था गर्न बनेको विधेयक तथा नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक समावेश छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण