नेकपा एमालेले बोलायो संसदीय दलको बैठक
शुक्रबार, १९ वैशाख २०८२, १९ : ३१

काठमाडौँ । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार संसदीय दलको बैठक शनिबार दिउँसो १ बजे बालुवाटारमा बस्ने छ । बैठकमा नीति तथा कार्यक्रम लगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।