किट विश्वविद्यालयमा नेपाली विद्यार्थी मृत्युबारे परराष्ट्र मन्त्रालयले के भन्यो ?
काठमाडौँ । भारतको उडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रिसा साहको मृत्युप्रति परराष्ट्र मन्त्रालयले गहिरो दुःख व्यक्त गरेको छ ।
दु:खद घटनाको सम्बन्धमा स्वतन्त्र एवं निष्पक्ष अनुसन्धान हुन तथा उक्त शैक्षिक संस्थामा अध्ययनरत् सम्पूर्ण नेपाली विद्यार्थीहरूको सुरक्षाको प्रत्याभूतिको लागि आवश्यक समन्वय भइरहेको समेत परराष्ट्र मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
साथै घटनाका सम्बन्धमा नेपाली राजदूतावास नयाँ दिल्लीले भारतको विदेश मन्त्रालय, उडिसा सरकारका सम्बन्धित निकायहरू, उक्त शैक्षिक संस्थाका प्रतिनिधिहरू लगायत अन्य सरोकारवाला निकायहरूसँग निरन्तर सम्पर्क एवम् समन्वय गरिरहेको मन्त्रालयद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
बिहीबार बेलुकी स्नातक प्रथम वर्षमा अध्ययनरत नेपाली विद्यार्थी १८ वर्षीया प्रिसा शाहको मृत्यु भएको थियो । उनी आफू बस्ने होस्टेलमै झुन्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
-
दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण