नोट १३ सिरिजका नयाँ वर्ष अफर अझै जारी
काठमाडौँ । शाओमीले नयाँ वर्षको अवसरमा ‘नयाँ साल – नयाँ नोट’ नामक विशेष अफर अझै जारी राख्ने भएको छ । कम्पनीले ग्राहकहरूको अनुरोधलाई सम्बोधन गर्दै यो अफर विस्तार गर्ने निर्णय गरेको जानकारी दिएको हो ।
यस योजना अनुसार रेड्मी नोट १३ को खरिद गर्ने ग्राहकहरूले रेड्मी बड्स ४ एक्टिभ निःशुल्क प्राप्त गर्न सक्नेछन् । यसै रेड्मी नोट १३ प्रो + ५ जी खरिद गर्ने ग्राहकहरूले भने रेड्मी बड्स ४ एक्टिभ मात्र रु १,६९९ मा वा रेड्मी वाच ३ एक्टिभ रु ३,४९९ मा प्राप्त गर्न सक्नेछन् ।
यस अफर अन्तर्गत रेड्मी नोट १३ प्रो को दुवै भेरियन्टहरूमा भने भारी छुटको व्यवस्था गरिएको छ । ८ जिबी+२५६ जिबी भेरियन्ट अब नेपाली बजारमा रु ३२,९९९ मा उपलब्ध छ जसको वास्तविक बजार मूल्य रु ३४,९९९ छ । त्यसैगरी १२ जिबी+५१२ भेरियन्ट रु ३५,९९९ मै उपलब्ध छ जसको बजारी मूल्य रु ३९,९९९ रहेको छ ।
नयाँ अफरको बारेमा चर्चा गर्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भने, ‘हामी आफ्ना ग्राहकवर्गका लागि अफरहरू अझै लामो समयको लागि उपलब्ध गराउन पाउँदा निकै खुसी छौँ । रेड्मी नोट १३ मार्फत हामी नवीन प्रविधिको पहुँच ग्राहकहरूमा पुर्याउन खोजिरहेका छौँ ।’
यो अफरको फाइदा उठाउनका लागि ग्राहकहरूले नजिकैको एमआई स्टोर र शाओमीको आधिकारिक रिटेल स्टोरबाट रेड्मी नोट १३ सिरिजका स्मार्ट फोन खरिद गर्न सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
-
कांग्रेसको संस्थापन इतर पक्षले भोलि आइतबार विराटनगरमा भेला गर्दै
-
नेपाल र चीनका पाँच दर्जन सगरमाथा आरोही बेजिङमा सम्मानित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण