शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

मनमोहन सेन्टर : १५औँ वसन्त पार गर्दै गर्दा...

बिहीबार, १३ वैशाख २०८१, ०९ : ५२
बिहीबार, १३ वैशाख २०८१

कुनै नयाँ संस्था खोल्दै गर्दा त्यो संस्थाले के कति काम गर्न सक्यो भनेर आकलन गर्न दशकौँ लाग्छ । आज डेढ दशक पार गर्दै गर्दा मनमोहन सेन्टर खोलिनुको औचित्य प्रस्ट पार्न सजिलो भएको छ । 

मनमोहन अधिकारीका नाममा स्थापित यो सेन्टर कुनै पूर्वाग्रहबाट खोलिएको होइन । उनको कामलाई सम्मान दिँदै स्थापित यो सेन्टरले उनको महान् वाक्य ‘मलाई ठुलो मानिस होइन, असल मानिस भनेर सम्झिए पुग्छ’लाई स्थापित गरिदिएको छ । 

एक दशक बित्दानबित्दै यस सेन्टरले गरेको प्रगतिलाई नियालेर नेपाल सरकारले मनमोहन सेन्टर एनेक्स भवन निर्माण गर्न बजेट निकासा गर्‍यो । फलस्वरूप २०७७ कात्तिक १९ बाट सो भवनले सेवा विस्तार सुरु गरेको छ ।  

हार्ट–अट्याकदेखि कुनै पनि इन्टरभेन्सन गर्न सक्षम यी ल्याबले धेरै बिरामीको ज्यान बचाउन सफल भएको छ । दुई वर्षअगाडि कार्डियाक सीटी स्क्यान (५१२ स्लाइस)को सुरुवात गरिएको थियो; जसले मुटु, रक्तनली र फोक्सोमा हुने जटिल रोगलाई पत्ता लगाउन मद्दत पुर्‍याउँदै आएको छ ।

२०६६ वैशाख १३ गते सुरु भएको यस सेन्टरले आफ्नो नाम (मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर) अनुसार मुटु, फोक्सो र रक्तनलीको उपचारमा सेवा केन्द्रित गरेको छ । अहिले यो अस्पताललाई ‘मनमोहन सेन्टर, महाराजगन्ज’ भन्नासाथ देश र विदेशमा धेरैले चिन्ने भएका छन् ।  मुटुको जटिल उपचार र शल्यक्रिया अनि फोक्सोका मुस्किल शल्यक्रियाबाहेक दुई दशकअगाडि नेपालमा सम्भव नहुने हो कि भनिएको रक्तनलीको आठ दश घण्टा लामो गरिने शल्यक्रिया अहिलेको वास्तविकता बनेको छ । 

यति सानो अस्पतालमा दुईवटा क्याथ ल्याब सर्भिस नियमित रूपमा चलिरहेको थियो । हार्ट–अट्याकदेखि कुनै पनि इन्टरभेन्सन गर्न सक्षम यी ल्याबले धेरै बिरामीको ज्यान बचाउन सफल भएको छ । दुई वर्षअगाडि कार्डियाक सीटी स्क्यान (५१२ स्लाइस)को सुरुवात गरिएको थियो; जसले मुटु, रक्तनली र फोक्सोमा हुने जटिल रोगलाई पत्ता लगाउन मद्दत पुर्‍याउँदै आएको छ । दुई दशकअगाडि ‘एओर्टिक एन्युरिजम्, एओर्टिक डिसेक्सन’का बिरामी विदेश गएर उपचार गर्नुपथ्र्याे भने अहिले आएर यी रोगका शल्यक्रियाबाट मात्रै होइन, बिनाचिरफार इन्डोभास्कुलर स्टेन्टिङ सम्भव भएको छ । विश्वमा हुन सक्ने जटिल रोगको उपचार प्रविधि नेपाल भित्रिएका छन् । देशमै दुई वर्षअगाडि कार्डियोभास्कुलर हाइब्रिड अप्रेसन थिएटर सञ्चालनमा आएको छ । यी कारणले मनमोहन सेन्टर अब्बल दर्जामा गनिन सफल भएको छ । नेपालमा एउटै मात्र कार्डियोभास्कुलर हाइब्रिड अप्रेसन थिएटरमा जटिलभन्दा जटिल कार्डियोभास्कुलर इन्टरभेन्सन हुँदै आएको छ । 

१०४ बेडको सेन्टरमा ३१ बेड सीसीसीयु÷आईसीयू रहेको छ भने ४१ अरु बेडमा सेन्टर मनिटर जडान गरिएको छ । यहाँका झन्डै ७० प्रतिशत बेडलाई विशेष सेवा दिन सकिने बेड मान्न सकिन्छ । सरकारी अस्पताल यति ठुलो संयन्त्रमा चल्नु भनेको नेपालको स्वास्थ्य मन्त्रालयले उदाहरण प्रस्तुत गर्न योग्य सेन्टरभन्दा अत्युक्ति नहोला । 

यति विशिष्ट सेन्टर हुँदाहुँदै पनि सरकारी अस्पताल भएकाले बिरामीले सहुलियत दरमै उपचार पाउँछन् । त्यसमाथि पनि विभिन्न स्किम गरेर यति सानो अस्पतालले भन्डै ३० करोड रुपैयाँ बराबरको निःशुल्क सेवा प्रदान गरेको तथ्याङ्क छ ।

(लेखक मनमोहन सेन्टरका निवर्तमान कार्यकारी निर्देशक हुन् ।) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रा.डा. उत्तम कृष्ण श्रेष्ठ
प्रा.डा. उत्तम कृष्ण श्रेष्ठ
लेखकबाट थप