आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

इरानी र्‍यापर सालेहीलाई मृत्युदण्डको सजाय सुनाइयो

बिहीबार, १३ वैशाख २०८१, १४ : ०१
बिहीबार, १३ वैशाख २०८१

तेहरान । सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा एक इरानी ‍र्‍यापरलाई मृत्युदण्डको सजाय सुनाइएको छ । उनका वकिलले यसको पुष्टि गरेका छन् । 

२०२२ सालमा प्रहरी हिरासतमा महसा अमिनीको मृत्यु भएपछि सुरु भएको विरोध प्रदर्शनलाई तुमज सालेहीले आफ्ना गीतमार्फत समर्थन गरेका थिए । उनलाई मृत्युदण्डको सजाय सुनाइएको हो ।  

यद्यपि सालेहीले सजायविरुद्ध अपिल गर्ने उनका वकिल अमिर रायसियनले भनेका छन् । यसबारे इरानी प्रशासनले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । सालेही पहिलोपटक सन् २०२२ को अक्टोबरमा पक्राउ परेका थिए । त्यसबेला सालेहीले प्रदर्शनको समर्थनमा सार्वजनिक वक्तव्य दिएका थिए । उनीमाथि धेरै आरोप लागेका छन् । जुलाई २०२३ मा उनलाई ६ वर्ष तीन महिनाको जेल सजाय सुनाइएको थियो ।

तर यस वर्षको जनवरीमा इस्फाहानको क्रान्तिकारी अदालतले सालेहीविरुद्ध नयाँ आरोप लगाएको उनका वकिलले बताएका छन् । अदालतले सालेहीलाई भ्रष्टाचार, सरकारविरुद्ध अप्रचार र दंगा भड्काउनेलगायत कैयौँ अभियोगमा दोषी ठहर गरेको छ । उनीसँग मृत्युदण्डको सजायविरुद्ध अपिल गर्नका लागि २० दिनको समय छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप