सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नयाँ फोनमा ह्वाट्सएप च्याट ट्रान्सफर गर्ने झन्झट सकियो

शुक्रबार, १४ वैशाख २०८१, १२ : ०५
शुक्रबार, १४ वैशाख २०८१

काठमाडौँ । ह्वाट्सएपले आफ्ना प्रयोगकर्ताका लागि नियमित रूपमा परिष्कृत सेवा सुविधा ल्याइरहेको छ । अमेरिकी प्रविधि कम्पनी मेटाको स्वामित्वमा रहेको यस सामाजिक सञ्जाल प्लेटफर्मलाई विश्वभर अर्बौँ मानिसले प्रयोग गर्छन् ।

मानिसहरू यस एप मार्फत च्याटिङ गर्छन्, महत्त्वपूर्ण कागजात र व्यक्तिगत जानकारी पनि एकअर्कालाई शेयर गर्छन् । तर जब फोन फेर्नु पर्ने हुन्छ नयाँ फोनमा बहुमूल्य डेटाहरू कसरी सार्ने भन्ने चिन्ताले सताउन थाल्छ । आजको यस लेखमा हामीहरूले ह्वाट्सएपमा भएका सारा च्याट हिष्ट्रीलाई एन्ड्रोइड र आईओएसमा सहजै कसरी सार्ने भन्ने कुरा गर्नेछौं ।

पुराना च्याट हिष्ट्री नयाँ फोनमा सार्न कुनै पनि ब्याकअप र क्लाउड सेवा प्रयोग गर्न आवश्यक पर्दैन । क्यूआर कोड स्क्यान गरेकै भरमा यसलाई नयाँ फोनमा सान सकिन्छ । यसबाट धेरैजसो जानकारी नयाँ फोनमा ट्रान्सफर हुन्छ । यस प्रक्रियामा म्यासेज, मिडिया फाइल, दस्तावेज, लिंक, भिडियो पेमेन्ट म्यासेज र कल हिष्ट्री पनि सर्छ ।

एन्ड्रोइडमा यसरी गर्नुस् स्थानान्तरण

·   आफ्नो पुरानो फोनमा ह्वाट्सएप खोल्नुस् ।

·  व्हाट्सएप सेटिङमा जानुस् ।

·  त्यसपछि च्याट ट्रानसफर च्याटमा क्लिक गर्नुस् । स्टार्टमा थिच्नुस् ।

·  नयाँ फोनमा सोही नम्बरबाट व्हाट्सएप नम्बर खोल्नुस् ।  

·  फोनबाट स्टार्टमा गएर ट्रान्सफर च्याटमा क्लिक गर्नुस् ।

· तपाईले मन्जुरी दिएपछि क्यूआर कोड देखिनेछ । पुरानो फोन प्रयोग गरेर क्यू कोड स्क्यान गर्नुस् ।

· स्थानान्तरण पूरा भएपछि सकियो (डन) बटनमा क्लिक गर्नुस् ।

आईओएसमा यसरी गर्नुस् स्थानान्तरण

· आफ्नो पुरानो फोनमा ह्वाट्सएप खोल्नुस् ।

· व्हाट्सएप सेटिङमा जानुस् ।

· त्यसपछि च्याटमा ट्रान्सफर च्याटमा क्लिक गरेर स्टार्टमा थिच्नुस् ।

·  यसपछि नयाँ फोनमा सोही नम्बरबाट ह्वाट्सएप नम्बर खोल्नुस् ।

· आईफोनको नेक्स्ट बटनमा क्लिक गरेर ट्रान्सफर च्याट हिस्ट्रीमा जानुस् ।

· पुरानो आईफोनको क्यामेरा प्रयोग गरेर क्यूआर कोड स्क्यान गर्नुस् ।

· एक पटक सम्पूर्ण प्रक्रिया पूरा भएपछि, नयाँ आइफोनमा आफ्नो प्रोफाइल पूरा गर्नुस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप