जडेजा चम्किँदा चेन्नईले पञ्जाबलाई हरायो
धर्मशाला । इन्डियन प्रिमियर लिग (आईपीएल) को ५३ औँ खेलमा चेन्नई सुपर किंग्सले पञ्जाब किंग्सलाई २८ रनले पराजित गरेको छ । खेलमा अलराउन्ड प्रदर्शन गरेका रवीन्द्र जडेजा नायक बने ।
चेन्नईले प्रस्तुत गरेको १ सय ६८ रनको लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३९ मात्र बनाउन सक्यो । पञ्जाबका लागि प्रभसिमरन सिंहले २३ बलमा ३० रनको योगदान दिए । त्यस्तै, शशांक सिंहले २० बलमा २७ रन बनाए ।
चेन्नईका लागि जडेजाले ३ विकेट लिए भने तुसार देशपाण्डे र सिमरनजित सिंहले २–२ विकेट लिए । मिचेल स्यान्टनर र शर्दुल ठाकुरले १–१ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ६७ रन बनाएको थियो । चेन्नईका लागि जडेजाले नै सर्वाधिक ४३ रनको योगदान दिए । उनले २६ बलमा ३ चौका र २ छक्का हिर्काए ।
त्यस्तै, कप्तान रुतुराज गायकवाडले २१ बलमा ३२ रन तथा डेर्यल मिचेलले १९ बलमा ३० रन बनाए । मोइन अली र शर्दुल ठाकुरले १७–१७ रन प्रहार गरे ।
पञ्जाबका लागि राहुल चहर र हर्षल पटेलले ३–३ विकेट लिए । त्यस्तै, अर्शदीप सिंहले २ तथा साम करनले १ विकेट हात पारेका थिए ।
जितपछि ११ खेलमा १२ अङ्क बटुल्दै चेन्नई अङ्क तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । पञ्जाब भने समान खेलबाट ८ अङ्कसहित आठौँ स्थानमा सीमित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश मन्त्रिपरिषद्का निर्णय : लोकसेवाको सचिवमा तामाङ, महालेखाको प्रतिवेदन सभामा पेस गरिने
-
सांसद सागर ढकाल सवार गाडी दुर्घटना
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण