आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

जडेजा चम्किँदा चेन्नईले पञ्जाबलाई हरायो

आइतबार, २३ वैशाख २०८१, १९ : २९
आइतबार, २३ वैशाख २०८१

धर्मशाला । इन्डियन प्रिमियर लिग (आईपीएल) को ५३ औँ खेलमा चेन्नई सुपर किंग्सले पञ्जाब किंग्सलाई २८ रनले पराजित गरेको छ । खेलमा अलराउन्ड प्रदर्शन गरेका रवीन्द्र जडेजा नायक बने ।

चेन्नईले प्रस्तुत गरेको १ सय ६८ रनको लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३९ मात्र बनाउन सक्यो । पञ्जाबका लागि प्रभसिमरन सिंहले २३ बलमा ३० रनको योगदान दिए । त्यस्तै, शशांक सिंहले २० बलमा २७ रन बनाए । 

चेन्नईका लागि जडेजाले ३ विकेट लिए भने तुसार देशपाण्डे र सिमरनजित सिंहले २–२ विकेट लिए । मिचेल स्यान्टनर र शर्दुल ठाकुरले १–१ विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ६७ रन बनाएको थियो । चेन्नईका लागि जडेजाले नै सर्वाधिक ४३ रनको योगदान दिए । उनले २६ बलमा ३ चौका र २ छक्का हिर्काए ।

त्यस्तै, कप्तान रुतुराज गायकवाडले २१ बलमा ३२ रन तथा डेर्यल मिचेलले १९ बलमा ३० रन बनाए । मोइन अली र शर्दुल ठाकुरले १७–१७ रन प्रहार गरे । 

पञ्जाबका लागि राहुल चहर र हर्षल पटेलले ३–३ विकेट लिए । त्यस्तै, अर्शदीप सिंहले २ तथा साम करनले १ विकेट हात पारेका थिए ।

जितपछि ११ खेलमा १२ अङ्क बटुल्दै चेन्नई अङ्क तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । पञ्जाब भने समान खेलबाट ८ अङ्कसहित आठौँ स्थानमा सीमित छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप