हजुरबुबा/हजुरआमाको आहारको असर नातिनातिनामा
काठमाडौँ । हाम्रो जिनले पुस्तौँ पुस्तासम्म असर पार्दछ । जिनले कसरी पुस्तौँसम्म असर गर्छ भनेर हेर्ने विज्ञानको शाखालाई एपिजेनेटिक्स भनिन्छ ।
तपाईंको हजुरबा हजुरआमाको खानपानले तपाई र तपाईंका बच्चाबच्चीहरूलाई पनि असर गरिरहेको हुन्छ भन्ने निस्कर्षमा दशकौंसम्मको अध्ययन पछि वैज्ञानिकहरू पुगेका छन् । यति मात्र होइन तपाईंले अहिले जे खाइरहनुभएको छ त्यसले तपाईंको नातिनातिनालाई पनि असर गर्छ ।
हरेक परिवारले आहारलाई प्राथमिकता दिन्छन् । युनिभर्सिटी अफ नर्थ डकोटाका पोषण र आहार विज्ञानका सहायक प्रोफेसर नथानिएल जोन्सन र अन्य अन्वेषकहरूका अनुसार आज व्यक्तिले गर्ने आहारको छनोटले भविष्यका बच्चाहरूको आनुवंशिकतालाई असर गर्छ । एपिजेनेटिक्सको जड दोस्रो विश्वयुद्धको समयमा नाजीहरूले कब्जा गरेको नेदरल्याण्ड्सका मानिसहरूमा देखिएको छ । दैनिक करिब २ हजार किलोक्यालोरी चाहिने डचहरूलाई नाजीहरूले दैनिक ४०० देखि ८०० किलो क्यालोरीमा बाँच्न बाध्य पारेका थिए ।
त्यतिबेला करिब २० हजार मानिसको मृत्यु भएको थियो भने झन्डै ४५ लाख मानिस कुपोषणको सिकार भएका थिए । आहारमा परिवर्तन गर्दा उनीहरूमा आईजीएफटू नामक जिनमा परिवर्तन भएको अध्ययनमा पाइएको थियो । यो जिन वृद्धि र विकाससँग सम्बन्धित जिन हो । यसले नाजीको कब्जामा परेपछि उत्पन्न आहारासम्बन्धी चुनौतीहरूबाट बचेका डच महिलाका छोराछोरी र नातिनातिनाहरू दुवैको मांसपेशीको वृद्धिलाई रोकेको छ ।
‘हंगर विन्टर’को नतिजा अनुसार नेदरल्यान्ड्समा दोस्रो विश्वयुद्धपछिका पुस्ताहरूमा मोटोपना, मुटु रोग, मधुमेह र कम तौलको जोखिम बढेको थियो । मानव शरीरले आफू जीवित रहने प्रवृत्तिको सीमा भित्र रहेर बाह्य चुनौतीहरूको प्रभावलाई सामना गर्ने प्रयास गर्दछ । चुनौतीको यस अवधिमा प्राप्त गुणहरू कहिलेकाहीँ भावी पुस्ताहरूले विरासतमा पाउँछन् । जन्मेदेखि दूध छुटाउने बेलासम्म दिइने अमीनो एसिड मेथियोनिनको पूरक पैतृक अहारले आगामी तीन पुस्ताको वृद्धि र प्रजनन गुणहरूलाई असर गर्ने हालै भेडाहरूमा गरिएको एक अध्ययनले देखाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नकआउट भिडन्त: नर्वे भर्सेस आइभोरी कोस्ट, यस्तो छ आगामी खेलको तालिका
-
सेनेगलको सानदार जित: इराकमाथि ५–० को गोल वर्षा, अघिल्लो चरणको सम्भावना जीवित
-
डेम्बेलेको सानदार ह्याट्रिकमा समूह चरणमा फ्रान्सको शतप्रतिशत जित
-
पहिलो हाफमै ओस्मान डेम्बेलेको सानदार ह्याट्रिकः नर्वेविरुद्ध फ्रान्स ३–१ ले अगाडि
-
३२ मिनेटमै डेम्बेलेको ह्याट्रिक, नर्वेविरुद्ध फ्रान्स ३–१ ले अगाडि
-
विद्यालय तहमा नैतिक शिक्षाको पुनर्स्थापना समयको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण