भक्तपुरमा इनार खन्ने क्रममा दुई जनाको मृत्यु
बुधबार, १९ वैशाख २०८१, १७ : ५२
काठमाडौँ । भक्तपुरको चाँगुनारायण नगरपालिकामा इनार खन्ने क्रममा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामेछापको उमाकुण्ड गाउँपालिका–४ प्रिति घर भएका २८ वर्षीय सन्देश सुनवार र ४६ वर्षका दिपक सुनुवार छन् ।
चाँगुनारायण नगरपालिका–४ स्थित खनालचोकमा आफू बसेको जग्गामा इनार खन्ने क्रममा अचेत भएर उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी राजन कार्कीले रातोपाटीलाई बताए । उनीहरु त्यहाँ टहरो बनाएर बस्दै आएका थिए ।
मृतक काका भतिज हुन् । इनार खन्दा उनीहरु ५५ फिट तल पुगेपछि बेहोस भएका हुन् ।
प्रहरीको विपद् व्यवस्थापन महाशाखाको टोली र सशस्त्र प्रहरीको उद्धार टिमले उनीहरुलाई इनारबाट निकालेर भक्तपुर अस्पतालमा पठाएको थियो । अस्पतालले उनीहरुलाई मृत घोषणा गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण