शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

सलमानको घरमा गोली चलाउने अभियुक्तको आत्महत्यामाथि प्रश्न, प्रहरीले हत्या गरेको दाबी

बिहीबार, २० वैशाख २०८१, ०७ : ०४
बिहीबार, २० वैशाख २०८१

मुम्बई । सलमान खानको घरबाहिर गोली प्रहार गरेको आरोप लागेका अनुज थापानले प्रहरी हिरासतमा आत्महत्या गरेको विषयमा परिवारका सदस्यले प्रश्न उठाएका छन् । अनुजका भाइ अभिषेकले प्रहरीले उनको हत्या गरेको दाबी गरेका छन् । 

उनले भने, ‘उनी आत्महत्या गर्ने खालको थिएनन् । हामी न्याय चाहन्छौँ।’ परिवारले अनुजको पोस्टमार्टम मुम्बई बाहिर गर्न पनि माग गरेको छ ।

मृतकको जन्म गाउँका सरपञ्च मनोज गोदाराले यस विषयमा समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै एकातिर सुपरस्टार सलमान खान र अर्कोतिर मजदुर रहेको बताए । दबाबमा आएर प्रहरीले उनको हत्या गरी आत्महत्या जस्तो देखिएको उनको आरोप छ ।

अभियुक्त अनुज थापानले बुधबार प्रहरी हिरासतमा आत्महत्या गरेका थिए । थापानले मुम्बई प्रहरी मुख्यालयको शौचालयमा झुण्डिएर आत्महत्या गरेको प्रहरीको भनाई छ । 

बुधबार बिहान ११ बजे अनुज झुण्डिएको जानकारी प्रहरीले पाएको थियो । तर, उनले आत्महत्या गरेको समयबारे भने खुलाइएको छैन । 

उनलाई बिहानै निकै गम्भीर अवस्थामा नजिकैको जी.टी. अस्पताल लगियो । उक्त अस्पतालका चिकित्सकले अनुजलाई सीएसएमटीस्थित सेन्ट जर्ज अस्पतालमा रिफर गरे जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । यस घटनाको अनुसन्धान प्रदेश सीआईडीलाई सुम्पिएको छ ।

मुम्बई क्राइम ब्रान्चले अनुज र उनका सहयोगीलाई अप्रिल २५ मा पञ्जाबबाट गोली हानी हिरासतमा लिएको थियो । दुवै पञ्जाबको अबोहरका बासिन्दा हुन्।

आत्महत्या गर्ने अनुज ट्रक हेल्पर थिए। दोस्रो अभियुक्त सुभाष किसान हुन् । दुवै आरोपीविरुद्ध पञ्जाब र हरियाणामा धेरै मुद्दा दर्ता छन्। दुवैले धेरै वर्षदेखि लरेन्स बिश्नोईसँग काम गरिरहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप