शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

एकैदिन तोलामा २ हजार रुपैयाँले बढ्यो सुनको मूल्य

बिहीबार, २० वैशाख २०८१, १० : ४३
बिहीबार, २० वैशाख २०८१

काठमाडौँ । अघिल्लो दिन बुधबार तोलमा २७ सय रुपैयाँले घटेको सुनको मूल्य आज पुनः २ हजार रुपैयाँले बढेको छ । आज छापावाला सुनको मूल्य प्रतितोलामा १ लाख ३६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख ३४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।  यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा २ हजार रुपैयाँले बढ्दै १ लाख ३५ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । 

चाँदीको मूल्य भने आज तोलामा १५ रुपैयाँले बढ्दै १ हजार ६ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप