शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालनमा

बिहीबार, २० वैशाख २०८१, ११ : ३२
बिहीबार, २० वैशाख २०८१

काठमाडौँ । सन सेक्युरिटिजले अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा विश्वभर छरिएर रहेका नेपाली श्रमिकहरुका लागि रेमिट डिम्याट खाता सञ्चालनमा ल्याएको छ । 
सो खाताको माध्यमबाट बिदेशमा बस्ने सम्पूर्ण नेपालीहरुलाई नेपाली पूँजी बजारमा लगानीका लागि आवश्यक रहने डिम्याट खाता, मेरो शेयर तथा ब्रोकर खाता निःशुल्क खोल्ने तथा आजिवन निःशुल्क सञ्चालन गरी कारोबार गर्ने कार्यको लागी सहजीकरण गर्र्ने कम्पनीको विश्वास छ । 

यस सेवाको मद्दतबाट विदेशमा रहेर आफ्नो पेशाबाट रकम जम्मा गरी नेपालको पूँजीबजारमा लगानी गर्न सहयोग पुगोस भनेर सन सेक्युरिटिजले यो सेवाको शुरुवात गरेको उल्लेख गरेको छ।  

सनको “मिसन ०८४, एक नेपाली एक ब्रोकर खाता” को अभियानलाई सार्थकता दिने क्रममा विदेशमा रहेका नेपालीहरुका लागि सञ्चालन गरेको यो रेमिट डिम्याट खाता विदेशमा रहेका श्रमिकका साथै विदेशमा रही अध्ययन तथा अन्य विभिन्न पेशामा आबद्ध नेपालीहरुले समेत खोल्न सक्ने कम्पनीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप