शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

प्रदीपको ‘ऐरी’ मा ‘जवान’ अभिनेता सांगेको इन्ट्री

बिहीबार, २० वैशाख २०८१, १३ : ०३
बिहीबार, २० वैशाख २०८१

काठमाडौंँ । भुटानका चर्चित कलाकार सांगे सेल्ट्रिमले फिल्म ‘ऐरी’ मा काम गर्ने पक्का भएको छ । सांगे र यो फिल्मका निर्देशक जीवन थापाबिच बुधबार अभिनय बिषयमा सम्झौता भएको हो । फिल्मका लागि सांगे मंगलबार नेपाल आएका थिए ।

नायक प्रदिप खड्काको मुख्य भूमिका रहने यो महत्वकांक्षी फिल्ममा सांगेको भूमिका के हुने हो भन्ने अहिले खुलाइएको छैन ।  नेपाली फिल्ममा काम गर्न पाउँदा आफू निकै उत्साहित भएको सांगेले बताएका छन् । ‘मैले यो फिल्ममा काम गर्नुको मुख्यकारण यसको कथावस्तु हो’, सांगेले भने, ‘ मलाई सधैं नै योद्धाको कथामा काम गर्न मन थियो । यो फिल्मबाट मेरो सपना पुरा हुँदैछ ।’ बलिउड र नेपाली फिल्म क्षेत्रको सहकार्य हुन लागेकाले पनि आफू यो फिल्ममा काम गर्न उत्साहित भएको सांगेको भनाई छ । 

फिल्मको हाल प्रि प्रोडक्शनको काम धमाधम चलिरहेको छ । यो फिल्मलाई नेपाली, हिन्दीका साथै दक्षिण भारतीय भाषामा पनि डब गरिनेछ । फिल्ममा सुवास काले, प्रशान्तकुमार गुप्ता र राजन कुँवरको संयुक्त निर्माण रहनेछ । फिल्मको छायाङ्कन केही महिनापछि सुरु हुनेछ । निर्माणपक्षले अब कलाकारहरुलाई अनुबन्धित गर्ने कामलाई अगाडि बढाएको बताए । बलिउड अभिनेता शाहरुख खानको ‘जवान’ फिल्ममा काम गरेपछि सांगेको चर्चा देश विदेशमा भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप