शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

मेरो अटो मोटर र्‍यालीको चौथो संस्करण ‘काठमाडौँ टु सौराहा’ आयोजना हुने

बिहीबार, २० वैशाख २०८१, १३ : २४
बिहीबार, २० वैशाख २०८१

काठमाडौँ । मेरो अटो मोटर र्‍यालीको चौथो संस्करण यही वैशाख २१ र २२ गते आयोजना हुने भएको छ । अटोमोटिभ्स प्रालिले विगत ४ वर्षदेखि आयोजना गर्दै आएको मोटर र्‍याली यस वर्ष काठमाडौँदेखि चितवनको सौराहासम्म हुने भएको हो । 

र्‍यालीको फ्यागअफ नाडा अटोमोवाइल एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले गर्ने छन् ।  शुक्रबार बिहान ८ बजे ललितपुरको कुपण्डोलबाट सुरू हुने र्‍याली बल्खु, दक्षिणकाली, सिस्नेरी, हेटौँडा हुँदै सौराहाको होटल मोनालिसामा पुग्नेछ ।

शनिबार सौराहामा एक कार्यक्रमका बिच र्यालीको समापन गरिने छ । र्‍यालीमा ५० बढी कारमा अटोमोबाइल, बैंकिङ, इन्स्योरेन्स लगायत विभिन्न क्षेत्रका १०० भन्दा बढी व्यक्तिहरूको सहभागिता रहनेछ ।

र्‍यालीका संयोजक उज्वल घिमिरेले आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने, सडक सुरक्षा सम्बन्धी सचेतना बढाउने, अटो क्षेत्रको व्यावसायिक नेटवर्क विस्तार गर्ने उद्देश्यले र्‍याली आयोजना गरिएको बताए ।

‘आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने, हाइवे ड्राइभिङ बारेमा सचेतना जगाउने उद्देश्यले हामीले विगत ४ वर्षदेखि मेरो अटो मोटर ¥याली आयोजना गर्दै आएका छौं’ उनले भने ‘यस वर्ष पनि हामीले त्यसैलाई निरन्तरता दिएका हौं ।’ 

मोटर र्‍यालीको सबै तयारी अन्तिम चरणमा पुगेको उनले बताए । र्‍यालीको प्रायोजकमा साइमेक्स इंक (बीवाइडी), लक्ष्मी इन्टरकन्टिनेन्टल (हुन्डाई) र पारामाउन्ट मोटर्स (एमजी) रहेका छन् ।

त्यस्तै, सपोटरहरूमा टाटा टियागो ईभी, सीजी मोटर्स, दिपल, ग्लोबल आइएमई बैंक, ओमोडा, फेसियल हाउस, टोयोटा, मेगा बिजनेश ग्रुप रहेका छन् ।

त्यसैगरी, बैंकिङ पार्टनरमा सिटिजन्स बैंक, इन्स्योरेन्स पार्टनर सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको), लिकर पार्टनर नेप्से बुल, बेभरेज पार्टनरमा हिमालयन प्रिमियम बियर, फुड पार्टनर फूडमाण्डू, इन्टरटेनमेन्ट पार्टनर आइएनआइ सिनेमा, ल्युब पार्टनर नेपाल ल्युब आयल, हस्पिटालिटी पार्टनर होटल मोनालिसा (सौराहा) रहेका छन् ।

मेरो अटोले आफ्नो वार्षिकोत्सवको अवसरमा हरेक वर्ष वैशाखमा मोटर र्‍याली आयोजना गर्दै आएको छ । पहिलो संस्करण (२०७८) काठामाडौं–सुकुटे, दोस्रो संस्करण (२०७९) काठमाडौँ–मूलकोट र तेस्रो संस्करण (२०८०) काठमाडौँ–नुवाकोट सम्पन्न भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप