शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
टी–२० क्रिकेट

वेस्ट इन्डिजविरुद्ध कप्तान रोहित पौडेलको अर्को अर्धशतक

बिहीबार, २० वैशाख २०८१, १४ : ५५
बिहीबार, २० वैशाख २०८१

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ विरुद्धको चौथो खेलमा पनि नेपाली टोलीका कप्तान रोहित पौडेलले अर्धशतक बनाएका छन् । रोहितले ३४ बलमा दुई छक्का र ६ चौकाको मद्दतले अर्धशतक पुरा गरेका हुन् । उनले छक्का प्रहार गर्दै आफ्नो अर्धशतक पुरा गरेका हुन् ।

वेस्ट इन्डिजविरुद्धको जारी शृङ्खलामा उनले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । शृङ्खलाको पहिलो खेलमा उनले शतक बनाएका थिए । उक्त खेलमा नेपाल विजयी भएको थियो । दोस्रो खेलमा पनि उनले उत्कृष्ट अर्धशतकीय पाली खेलेका थिए । तेस्रो खेलमा भने उनले खेलेका थिएनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप