‘सतीदेवी’ साउन ४ बाट हेर्न पाइने
काठमाडौँ । फिल्म ‘सतीदेवी’ आगामी साउन ४ गतेबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ । फिल्मका लेखक तथा निर्देशक लक्ष्मण सुवेदीले फिल्मको प्रदर्शन मिति बाहिर ल्याएका हुन् ।
बाबु र छोरी बिचको स्नेह, सम्बन्धको कथा समेटिएको फिल्मले समाजमा रहेको विसङ्गति र विकृति विरुद्ध समेत आवाज उठाउने लेखक तथा निर्देशक सुवेदीले बताए । फिल्ममा नारीको कथा निकै गम्भीरताको साथ प्रस्तुत गरिएको उनले सुनाए ।
फिल्ममा मलिका महत, रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी सृजना अधिकारी, मनीषा सापकोटा, सुजिता शिवाकोटी,तुलसी श्रेष्ठ,इश्वरी सिंह,सन्देश लिम्बु,पवन केसी, जगदीश अधिकारी लगायतको अभिनय छ ।
दिलासा र सारा सुवेदीको प्रस्तुति रहेको फिल्मको निर्माताका श्रीदेवी, दिलासा र सारा सुवेदी छन् । दिलाशा क्रियसन तथा गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा निर्माण भएको फिल्ममा निर्देशक सुवेदीकै कथा, पटकथा, संवाद छ ।
बाबु श्रेष्ठले छायाङ्कन गरेको फिल्ममा दीपक शर्मा र सुवास भुसालको सङ्गीत छ, भने रामजी लामिछानेको कोरियोग्राफी छ । काठमाडौँ र लमजुङ, तनहुँ कास्की र काठमाडौँका विभिन्न स्थानमा छायाङ्कन भएको फिल्मले हालै सम्पन्न नेपाल ग्रामीण चलचित्र महोत्सवमा सर्वोत्कृष्ट पटकथा, सर्वोत्कृष्ट चलचित्र र अभिनेत्रीले जुरी अवार्ड जित्न सफल भएको थियो । त्यसतै सौराहामा आयोजित दक्षिण एसियाली फिल्म फेस्टिभलमा शिव रेग्मी सर्वोत्कृष्ट निर्देशक र सर्वोत्कृष्ट चलचित्रको अवार्ड जित्न सफल भएको थियो ।
फिल्म वितरण उपत्यकामा रिच इन्टरटेन्टमेन्ट र उपत्यका बाहिर एफडि कम्पनीले गर्नेछ । फिल्मको डिजिटल अधिकार ओएसआरले खरिद गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण