सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

उपेन्द्र यादवले भने, ‘निर्वाचन आयोगविरुद्ध अदालत जान्छु’

बुधबार, २६ वैशाख २०८१, १२ : २७
बुधबार, २६ वैशाख २०८१

काठमाडौँ । उपप्रधान एवम् स्वास्थ्य मन्त्री समेत रहेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगले अवैधानिक रूपमा पार्टी विभाजन गराउने काम गरेको आरोप लगाउँदै त्यसविरुद्ध कानुनी उपचार खोज्ने बताएका छन् । 

आज पत्रकार सम्मेलनको आयोजन गरी उनले निर्वाचन आयोगमा दल दर्ता सम्बन्धी ऐन नभएको बेलामा गैरकानुनी तरिकाले रातारात पार्टी दर्ता गर्ने काम भएको बताए ।  इतिहासमा पहिलो पटक यसरी पार्टी दर्ता भएको भन्दै उनले यसको विरुद्धमा अदालतमा जाने बताए ।

सैद्धान्तिक तथा वैचारिक रुपमा पार्टीमा कुनै समस्या नरहेको उल्लेख गर्दै उनले अलग भएका नेताहरूले पार्टी विभाजन गर्दा कुने तर्क दिन नसकेको बताए ।  उनले व्यक्तिको व्यक्तिगत महत्त्वाकाङ्क्षा पुरा गर्न नसकिने बताउँदै अहिले जुन नयाँ पार्टी दर्ता भएको छ त्यो असंवैधानिक रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप