सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

भारत भ्रमणमा रहेका मालदिभ्सका विदेश मन्त्रीलाई एस जयशंकरले के भने ?

शुक्रबार, २८ वैशाख २०८१, १० : ४१
शुक्रबार, २८ वैशाख २०८१

नयाँ दिल्ली । भारतसँग सम्बन्ध चिसिएकै समयमा मालदिभ्सका विदेशमन्त्री मुसा जमीर भारतको भ्रमणमा आएका छन् । लक्ष्यद्विपको विषयमा दुई देशबिच पछिल्ला केही महिनायता तिक्तता बढेको छ । जमिरको भारत भ्रमणका क्रममा उनीसँगको भेटमा भारतीय समकक्षी एस जयशंकरले छिमेकी भएकाले भारत र मालदिभ्सबिचको सम्बन्धको विकास आपसी हितमा निर्भर रहेको बताएका छन् ।

मालदिभ्समा नयाँ सरकार बनेपछि मालदिभ्सका विदेशमन्त्री मुसा जमीरको यो पहिलो भारत भ्रमण हो । भारत छिमेकीलाई पहिलो प्राथमिकता दिने नीति र सागर नीतिप्रति प्रतिबद्ध रहेको पनि उनले बताए । ‘मालदिभ्सको विकासमा भारतले महत्त्वपूर्ण  भूमिका खेलेको छ । हाम्रो कयौं परियोजनाहरूबाट तपाईको देशका नागरिकलाई फाइदा भएको छ ।’ जयशंकरले भनेका छन् ।

विश्व उथलपुथलको स्थितिबाट गुज्रिरहेको र कोरोना, प्राकृतिक प्रकोप एवम् आर्थिक कठिनाइका बेला छिमेकी राष्ट्रहरूको महत्त्व आफूहरूले बुझेको  पनि उनले बताए । मोहम्मद मुइज्जु राष्ट्रपति बनेपछि मालदिभ्स र भारतबीचको दूरी बढेको छ । मालदिभ्सका राष्ट्रपति आफ्नो पहिलो विदेश भ्रमणमा भारत आउने परिपाटी  । मोहम्मद मुइज्जु पहिले युएई, टर्की र त्यसपछि चीन गए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप