सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
कांग्रेस बैठक

गगन थापाले बाेलेपछि संसद् अवरुद्ध हुने

शुक्रबार, २८ वैशाख २०८१, १२ : ३०
शुक्रबार, २८ वैशाख २०८१

काठमाडौँ । नेपाली कांग्रेसले शुक्रबारको प्रतिनिधिसभा बैठक अवरुद्ध पार्ने भएको छ । सुरुमा शीर्ष नेताले बोलेर सकिएपछि कांग्रेसले गृहमन्त्री रवि लामिछानेबारे छानबिनको माग गर्दै संसद् अवरुद्ध गर्ने भएको हो । 

कांग्रेस नेता रमेश लेखकका अनुसार शुक्रबार बसेको संसदीय दलले सुरुमा बैठक चल्न दिने भएपनि शीर्ष नेताले बोलेपछि लामिछानेमाथि छानबिन समितिको माग गर्दै बैठक अवरुद्ध पार्ने निर्णय भएको जानकारी दिए । 

उनका अनुसार बैठकको सुरुमै कांग्रेसले ‘ढ्यापढ्याप’ गरेर सभामुखको ध्यानाकर्षण गराउने छ । त्यसपछि सभामुखले बोल्न समय दिएपछि नेता रामहरि खतिवडाले पार्टीको धारणा सुनाउनेछन् । 

 ‘ढ्यापढ्यापे’ समयपछि कांग्रेसले रवि लामिछानेसहितका अन्य नेताहरूलाई बोल्न अवरोध गर्नेछैन । सबै नेताले बोलिसकेपछि भने कांग्रेसले फेरि संसदमा लामिछानेबारे संसदीय छानबिनको माग गर्दै संसदमा अवरोध गर्नेछन् । यो बेलामा महामन्त्री गगन थापाले फेरि पार्टीको कुरा राख्ने र माग पुरा नभएसम्म संसद् चल्न नदिने जानकारी गराउनेछन् । त्यसपछि कांग्रेसले बैठकमा अवरोध जारी राख्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप