गगन थापाले बाेलेपछि संसद् अवरुद्ध हुने
काठमाडौँ । नेपाली कांग्रेसले शुक्रबारको प्रतिनिधिसभा बैठक अवरुद्ध पार्ने भएको छ । सुरुमा शीर्ष नेताले बोलेर सकिएपछि कांग्रेसले गृहमन्त्री रवि लामिछानेबारे छानबिनको माग गर्दै संसद् अवरुद्ध गर्ने भएको हो ।
कांग्रेस नेता रमेश लेखकका अनुसार शुक्रबार बसेको संसदीय दलले सुरुमा बैठक चल्न दिने भएपनि शीर्ष नेताले बोलेपछि लामिछानेमाथि छानबिन समितिको माग गर्दै बैठक अवरुद्ध पार्ने निर्णय भएको जानकारी दिए ।
उनका अनुसार बैठकको सुरुमै कांग्रेसले ‘ढ्यापढ्याप’ गरेर सभामुखको ध्यानाकर्षण गराउने छ । त्यसपछि सभामुखले बोल्न समय दिएपछि नेता रामहरि खतिवडाले पार्टीको धारणा सुनाउनेछन् ।
‘ढ्यापढ्यापे’ समयपछि कांग्रेसले रवि लामिछानेसहितका अन्य नेताहरूलाई बोल्न अवरोध गर्नेछैन । सबै नेताले बोलिसकेपछि भने कांग्रेसले फेरि संसदमा लामिछानेबारे संसदीय छानबिनको माग गर्दै संसदमा अवरोध गर्नेछन् । यो बेलामा महामन्त्री गगन थापाले फेरि पार्टीको कुरा राख्ने र माग पुरा नभएसम्म संसद् चल्न नदिने जानकारी गराउनेछन् । त्यसपछि कांग्रेसले बैठकमा अवरोध जारी राख्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण