मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

प्रदीप र दिव्याले सुरु गरे ‘एक्टर’

शुक्रबार, २८ वैशाख २०८१, १४ : ५७
शुक्रबार, २८ वैशाख २०८१

काठमाडौँ । फिल्म ‘एक्टर’को छायांकन सुरु भएको छ । शुक्रबार पोखराको विन्ध्वासिनी मन्दिरमा पूजा गर्दै फिल्मको छायांकन सुरु गरिएको हो ।

शुभसाइत अभिनेता प्रदीप खड्का र नव–नायिका दिव्या रायमाझी लगायतको उपस्थिति थियो । क्यामेरा पूजा गर्दै फिल्मको छायांकन सुरु गरिएको हो ।

राजन भुसालले निर्देशन गर्न लागेको फिल्ममा प्रदीप र दिव्याको अलवा आना शर्मा, राजवल्लभ कोइराला, दिव्य देव, सुशील सिटौलालगायतका कलाकारको अभिनय रहने छ । फिल्मको केही दिन अगाडि भैंसीपाटीस्थित कार्यविनायक मन्दिरमा बौद्धिक विधि अनुसार पूजापाठ गरिएको थियो ।

फिल्मको छायांकन पोखरामा १० दिन गरिनेछ भने त्यसपछिको छायांकन काठमाडौँमा हुनेछ । थमन कुमारी भण्डारी निर्माता रहेको फिल्म अदृत फिल्मस् र मोती फिल्मस्को प्रस्तुतिमा तयार हुन लागेको हो । नरेन्द्र मैनालीले छायांकन गर्ने फिल्मको लाइन प्रोड्यूसर तोरन क्षेत्री हुन् । फिल्मलाई आगामी कार्तिक १५ गते लक्ष्मीपूजाको दिनमा प्रदर्शन गरिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप