भक्तपुरमा दिउँसै नगद र सुनका गरगहना चोरी
सोमबार, ३१ वैशाख २०८१, १३ : ३९
काठमाडौँ । भक्तपुरको भक्तपुर चाँगुनारायण नगरपालिका-१ गाखु पंञ्चदेव टोलमा आइतबार दिउँसो चोरी भएको छ ।
सो स्थानमा डेरा गरी बस्ने शुबेश चौधरीको कोठाबाट कोही नभएको अवस्थामा चोरी भएको हो । चोरले ताला फोडेर नगद २० हजार रुपैयाँ, सुनको विभिन्न गरगहना गरी करिब ५ लाख ७० हजार ५ सय रुपैयाँ बराबरको धनमाल चोरी गरेको प्रहरीले जानकारी दिएको छ ।
उता कास्कीको पोखरा महानगरपालिका-२७ खरानीफाट बस्ने कोपिला नेपालीको घरको ढोका फुटाई सुनका विभिन्न गरगहना, ड्रोन क्यामेरा र ल्यापटप लगायतका सामानहरू गरी करिब ४ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण