बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

एक सय ६० किलोग्राम गाँजासहित एक जना पक्राउ

आइतबार, ०६ जेठ २०८१, १३ : ३१
आइतबार, ०६ जेठ २०८१

धनकुटा । सहिदभूमी गाउँपालिका-४ खोकुबाट अवैध लागु औषध गाँजा १ सय ६० किलोग्रामसहित सोही ठाउँ बस्ने २७ वर्षीय युगेन राईलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

 इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको प्रहरीले खोकुबाट पिप्लेतर्फ जाँदै गरेको प्र.१-०२-००२ च ६५६१ नम्बरको बलेरोलाई जाँच गर्ने क्रममा १२ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक युगेनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप