रवि लामिछानेले लगाएको आरोप प्रमाणित गरेर देखाउन कांग्रेसको चुनौती
काठमाडौँ । नेपाली कांग्रेसले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले आइतबार संसदमा सम्बोधनका क्रममा महामन्त्री गगन थापासहितका नेताहरूमाथि लगाएको आरोप प्रमाणित गरेर देखाउन चुनौती दिएको छ ।
कांग्रेस संसदीय दलको बैठकले लामिछानेलाई आरोप प्रमाणित गरेर देखाउन चुनौती दिँदै त्यसका लागि सरकारले निष्पक्ष छानबिन वा अनुसन्धान जे गर्ने भए पनि पार्टी तयार रहेको जनाएको छ ।
बैठकपछि प्रमुख सचेतक रमेश लेखकले रवि लामिछानेले प्रतिनिधिसभामा उठाएका विषयहरु असत्य, असभ्य, भ्रामक, र हिंस्रक भएको ठहर गरेको जानकारी दिए ।
‘उपप्रधानमन्त्री र गृहमन्त्रीजस्तो जिम्मेवार पदमा बसेकाले अरूलाई प्रश्न उठाउने होइन । आफ्नोबारे जवाफ दिने हो’, उनले भने, ‘अरूलाई आरोप लगाएर उहाँले आफू अभियोगबाट भाग्ने काम गर्नुभएको छ।’
आरोपबाट भाग्ने प्रयास स्वरूप कलोकल्पित कुरा उठाएर लामिछाने असभ्य ढङ्गले प्रस्तुत भएको लेखकले आरोप लगाए ।
‘उहाँको अभिव्यक्तिको कांग्रेसले धोर निन्दा र भर्त्सना गरेको छ । यसका बारेमा प्रधानमन्त्रीको पनिगम्भीर ध्यानाकर्षण गराएका छौँ’, उनले भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
पहिलो हाफमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण