आइतबार, ०२ असार २०८१
ताजा लोकप्रिय

पाथफाइण्डरको आयोजनामा  ‘यूएसए-क्यानडा स्कलरसिप डे’

बिहीबार, १० जेठ २०८१, ०८ : ११
बिहीबार, १० जेठ २०८१

काठमाडौँ । पाथफाइण्डर इन्टरनेसनल एजुकेसनले आज  ‘यूएसए-क्यानडा स्कलरसिप डे’ आयोजना गर्ने भएको छ । पुतलीसडकस्थित कार्यालय परिसरमा बिहान १०ः३० बजेदेखि सुरु हुने यस कार्यक्रम अपराहन्न ४ बजेसम्म चल्नेछ । 

कार्यक्रममा अमेरिका र क्यानडाका ५० भन्दा बढी विश्वविद्यालय र कलेजहरूको प्रतिनिधित्व रहने  पाथफाइण्डरका संस्थापक प्रमुख कार्यकारी अधिकृत (सिईओ) राजेश्वर धितालले जानकारी दिए । स्कलरसिप डेमा सहभागी विद्यार्थीले विभिन्न विश्वविद्यालयबारे सिधा सूचना पाउनेछन् ।

अध्ययनका लागि अमेरिका र क्यानडा जान चाहने विद्यार्थीलाई विश्वविद्यालय र कलेजबारे सत्य तथ्य सूचना, विषयबारे परामर्श तथा योग्य विद्यार्थीलाई शतप्रतिशत छात्रवृत्तिको व्यवस्था मिलाउने ‘यूएसए-क्यानडा स्कलरसिप डे’ को उद्देश्य रहेको धितालले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप