क्रोएसियाको पोस्टमा स्पेनको ३ गोल
शनिबार, ०१ असार २०८१, २३ : ४५
काठमाडौँ । युरो २०२४ मा क्रोएसियालाई हराउँदै स्पेनले विजयी सुरुवात गरेको छ । समूह बी अन्तर्गतको खेलमा स्पेन ३–० गोलले विजयी बनेको हो ।
स्पेनले तीनवटै गोल पहिलो हाफमा गरेको थियो । २९ औँ मिनेटमा अल्भारो मोराटाले टोलीलाई अग्रता दिलाएका थिए ।
३ मिनेटपछि फाबियान रुइजले टोलीको अग्रता दोब्बर बनाए । पहिलो हाफको इन्जुरी समयमा ड्यानी कार्भाहालले तेस्रो गोल गरे । दोस्रो हाफमा भने कुनै गोल हुन सकेन ।
समूह बीमा पहिलो जितसँगै स्पेन ३ अंक बटुलेर शीर्ष स्थानमा उक्लेको छ । यो समूहमा अल्बानिया र इटाली पनि रहेका छन् । दुई टोलीले खेल्न बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण