बुधबार, २४ वैशाख २०८२
ताजा लोकप्रिय

'शिर उँचो राख नेपाल’

शनिबार, ०१ असार २०८१, १० : ४२
शनिबार, ०१ असार २०८१

काठमाडौँ । टी–२० विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध नेपालले पीडादायक हार बेहोरे पनि क्रिकेट समुदायमा नेपालको प्रशंसा भएको छ । विश्व क्रिकेटका चर्चित कमेन्टेटर हर्षा भोग्लेले नेपाली क्रिकेट टोलीलाई शिर उँचो राख्न सुझाएका हुन् ।

शनिबार भएको खेलमा नेपाल दक्षिण अफ्रिकासँग १ रनको झिनो अन्तर पराजित भयो । जितका लागि १ सय १६ रन पाएको नेपालले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १४ रन मात्र बनाउन सक्यो । आजको खेल जितेको भए, टेस्ट खेल्ने राष्ट्रविरुद्ध नेपालको पहिलो जित हुने थियो ।

तर, भोग्ले भने नेपाल निराश हुनु नपर्ने बताउँछन् । उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘शिर उँचो राख नेपाल । त्यो दक्षिण अफ्रिका थियो जसलाई तपाईंहरूले झन्डै हराउनुभयो । तपाईंहरूको सबैभन्दा उत्साही समर्थकहरूमध्ये एक छन्, तपाईंहरूले उनीहरूलाई विश्वास दिलाउनुभएको छ । आशा छ, छिट्टै नै ठुला दिनहरू आउनेछन् ।’

ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025 ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप