'शिर उँचो राख नेपाल’
काठमाडौँ । टी–२० विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध नेपालले पीडादायक हार बेहोरे पनि क्रिकेट समुदायमा नेपालको प्रशंसा भएको छ । विश्व क्रिकेटका चर्चित कमेन्टेटर हर्षा भोग्लेले नेपाली क्रिकेट टोलीलाई शिर उँचो राख्न सुझाएका हुन् ।
शनिबार भएको खेलमा नेपाल दक्षिण अफ्रिकासँग १ रनको झिनो अन्तर पराजित भयो । जितका लागि १ सय १६ रन पाएको नेपालले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १४ रन मात्र बनाउन सक्यो । आजको खेल जितेको भए, टेस्ट खेल्ने राष्ट्रविरुद्ध नेपालको पहिलो जित हुने थियो ।
तर, भोग्ले भने नेपाल निराश हुनु नपर्ने बताउँछन् । उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘शिर उँचो राख नेपाल । त्यो दक्षिण अफ्रिका थियो जसलाई तपाईंहरूले झन्डै हराउनुभयो । तपाईंहरूको सबैभन्दा उत्साही समर्थकहरूमध्ये एक छन्, तपाईंहरूले उनीहरूलाई विश्वास दिलाउनुभएको छ । आशा छ, छिट्टै नै ठुला दिनहरू आउनेछन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण