बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

मिलवालका गोलकिपरको २६ वर्षको उमेरमा निधन

शनिबार, ०१ असार २०८१, २१ : ००
शनिबार, ०१ असार २०८१

लन्डन । मिलवालका गोलकिपर मटिया सार्किकको २६ वर्षको उमेरमा निधन भएको छ । मोन्टिनेग्रोका खेलाडी सन् २०२३ को अगस्तमा वूल्भ्सबाट च्याम्पिनसिप क्लबमा आबद्ध भएका थिए ।

गत सिजन क्लबका लागि उनले क्लबका लागि ३३ खेल खेलेका थिए । उनले गत जुन ५ मा मात्र बेल्जियमविरुद्ध देशको प्रतिनिधित्व गरेका थिए ।

मोन्टिनेग्रो फुटबल एसोसिएसनका अनुसार शनिबार बिहान उनको अचानक निधन भएको हो । स्थानीय मिडियाले उनी आफ्नो अपार्टमेन्टमा ढलेको जानकारी दिएको छ ।

उनले यअसघि बर्मिङहम सिटी र स्टोक सिटीमा समेत लोनमा समय बिताएका थिए । उनले सन् २०२० मा वूल्भ्ससँग अनुबन्ध गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप