मिलवालका गोलकिपरको २६ वर्षको उमेरमा निधन
शनिबार, ०१ असार २०८१, २१ : ००
लन्डन । मिलवालका गोलकिपर मटिया सार्किकको २६ वर्षको उमेरमा निधन भएको छ । मोन्टिनेग्रोका खेलाडी सन् २०२३ को अगस्तमा वूल्भ्सबाट च्याम्पिनसिप क्लबमा आबद्ध भएका थिए ।
गत सिजन क्लबका लागि उनले क्लबका लागि ३३ खेल खेलेका थिए । उनले गत जुन ५ मा मात्र बेल्जियमविरुद्ध देशको प्रतिनिधित्व गरेका थिए ।
मोन्टिनेग्रो फुटबल एसोसिएसनका अनुसार शनिबार बिहान उनको अचानक निधन भएको हो । स्थानीय मिडियाले उनी आफ्नो अपार्टमेन्टमा ढलेको जानकारी दिएको छ ।
उनले यअसघि बर्मिङहम सिटी र स्टोक सिटीमा समेत लोनमा समय बिताएका थिए । उनले सन् २०२० मा वूल्भ्ससँग अनुबन्ध गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
-
प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण