आँप झार्दा करेन्ट लागेर मृत्यु
शनिबार, ०१ असार २०८१, १९ : ०७

कैलाली । आँप झार्ने क्रममा करेन्ट लाग्दा एक जना किशोरको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका-२ बैयाबेहडी बस्ने १६ वर्षीय विवेक खड्काको करेन्ट लागेर शनिबार बिहान मृत्यु भएको हो ।
आफ्नै घर नजिक रहेको आँपको रूखमा फलामको रडले आँप झार्ने क्रममा विद्युत्को मेन लाईमा छुन गई करेन्ट लागेर गम्भीर घाइते भएका उनको मायामेट्रो अस्पताल धनगढी कैलालीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन सार्वजनिक लेखा समितिमा पेश
-
आईपीएल : मुम्बईको पुनरागमन, लगातार दोस्रो जित
-
लामखुट्टे धपाउन बालेको घुरले आगलागी, पाँच परिवारको विचल्ली
-
हिलो र चिप्लोका कारण दाउन्नेमा यातायात अवरुद्ध
-
एकता महाधिवेशनबाट नेतृत्वका लागि तयार छु : विनोद कुँवर
-
चुनकुमारी हत्या प्रकरण : ६ जना पक्राउ