जेलमा कुटपिट हुँदा क्यानडेली सिरियल किलर रोबर्ट पिक्टनको निधन

क्युबेक । क्यानडाका कुख्यात सिरियल किलर रोबर्ट पिकटनको निधन भएको छ । अर्का बन्दीले गरेको आक्रमणका कारण उनको मृत्यु भएको जेलका अधिकारीहरूले बताएका छन् ।
६ जना महिलाको हत्या गरेको अभियोगमा उनी दोषी भेटिएका थिए । आफूले अरु दर्जनौँलाई मारेको उनले स्वीकार गरेका छन् ।
पिकटन क्यानडाको इतिहासको सबैभन्दा कुख्यात सिरियल किलर हुन् । उनले आफूले मारेका युवतिहरूलाई आफ्नो सुँगुरको फारममा ल्याएर शव टुक्राएर सुँगुरलाई खुवाउँथे । सन् २००७ मा ६ वटा हत्याको आरोपमा दोषी ठहर भएपछि पिकटन क्यानडाको क्युबेक प्रान्तको पोर्ट–कार्टियर इन्ष्टिच्यूटमा आजीवन कारावासको सजाय भोगिरहेका थिए । मे १९ मा जेलका अर्का बन्दीले गरेको आक्रमणका कारण पिकटनलाई चोट लागेको थियो । सोही चोटका कारण शुक्रबार अस्पतालमा उनको मृत्यु भएको बताइएको छ ।
सन् १९७८ देखि सन् २००१ को बिचमा पिकटन पक्राउ पर्नु अघि भ्यान्कुभर आसपासबाट कम्तीमा ६५ जना महिला हराएका थिए । प्रहरीले पोर्ट कक्विट्लाम शहर नजिक रहेको पिकटनको सुँगुर फारमबाट कम्तीमा ३३ महिलाको शरीरको टुक्रा भेटेका थिए । आफूले ४९ महिलाको हत्या गरेको पिकटनले स्वीकार गरेका छन् । यीमध्ये अधिकांश महिला वेश्या वा लागूऔषधको कुलतमा फसेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीको आर्थिक वृद्धिले राष्ट्रिय तथ्याङ्कलाई उछिन्यो, नागरिकको आम्दानी पनि बढ्यो
-
तीनकुने प्रकरण : ८० औँ दिनमा डिस्चार्ज भइन् रेबिका, अझैँ ‘बेड रेस्ट’ मा
-
दाङमा मगर समुदायको ‘भूमे पर्व’को उल्लास
-
आज पास होला त सङ्घीय निजामती विधेयक ?
-
२ बुँदे सहमति कार्यान्वयनबारे सभामुख र गृहमन्त्रीबिच छलफल
-
मुग्लिङ–नारायणगढ सडक खण्डमा पहिरो, दुईतर्फी सडक अवरुद्ध