जेलमा कुटपिट हुँदा क्यानडेली सिरियल किलर रोबर्ट पिक्टनको निधन
क्युबेक । क्यानडाका कुख्यात सिरियल किलर रोबर्ट पिकटनको निधन भएको छ । अर्का बन्दीले गरेको आक्रमणका कारण उनको मृत्यु भएको जेलका अधिकारीहरूले बताएका छन् ।
६ जना महिलाको हत्या गरेको अभियोगमा उनी दोषी भेटिएका थिए । आफूले अरु दर्जनौँलाई मारेको उनले स्वीकार गरेका छन् ।
पिकटन क्यानडाको इतिहासको सबैभन्दा कुख्यात सिरियल किलर हुन् । उनले आफूले मारेका युवतिहरूलाई आफ्नो सुँगुरको फारममा ल्याएर शव टुक्राएर सुँगुरलाई खुवाउँथे । सन् २००७ मा ६ वटा हत्याको आरोपमा दोषी ठहर भएपछि पिकटन क्यानडाको क्युबेक प्रान्तको पोर्ट–कार्टियर इन्ष्टिच्यूटमा आजीवन कारावासको सजाय भोगिरहेका थिए । मे १९ मा जेलका अर्का बन्दीले गरेको आक्रमणका कारण पिकटनलाई चोट लागेको थियो । सोही चोटका कारण शुक्रबार अस्पतालमा उनको मृत्यु भएको बताइएको छ ।
सन् १९७८ देखि सन् २००१ को बिचमा पिकटन पक्राउ पर्नु अघि भ्यान्कुभर आसपासबाट कम्तीमा ६५ जना महिला हराएका थिए । प्रहरीले पोर्ट कक्विट्लाम शहर नजिक रहेको पिकटनको सुँगुर फारमबाट कम्तीमा ३३ महिलाको शरीरको टुक्रा भेटेका थिए । आफूले ४९ महिलाको हत्या गरेको पिकटनले स्वीकार गरेका छन् । यीमध्ये अधिकांश महिला वेश्या वा लागूऔषधको कुलतमा फसेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण