सिराहामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
सिरहा । सिरहामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । शनिबार सिरहाको पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनगढीमाई नगरपालिका ७ कसहामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको हो ।
पश्चिमबाट पूर्वतिर आउँदै गरेको प्र २–०३–००१ ख नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको स. ५ प १९९० नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा धनगढीमाइ ८ का ३१ वर्षीय राजेश्वर यादव र १४ वर्षीय लालबाबु यादव रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी रमेश पडिण्तले उनीहरू दुवैको दुर्घटनामा मृत्यु भएको जानकारी दिए । दुर्घटनामा परि ज्यान गुमाएका परिवार र आक्रोशित स्थानीयले पूर्व पश्चिम राजमार्ग केहिबेर चक्काजाम गरेका थिए ।
मृत्यु भएका दुवै जनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल लहान पठाइएको छ । ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको एसपी रमेश पण्डितले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरदैलोमै एकीकृत सेवा पाउँदा स्थानीय खुसी
-
टर्कीको एक उड्डयन कम्पनीमा आक्रमण हुँदा कम्तीमा पाँच जनाको मृत्यु
-
जुम्लाबाट एक वर्षमा चार हजारले लिए नागरिकता
-
विदेशी मुद्राको विनिमय दर : आज कुनको मूल्य कति ?
-
कालीगण्डकी जलविद्युत् : लागत दुई खर्ब २४ अर्बभन्दा बढी
-
बिगो निर्धारण निर्देशिकामा व्यक्तिको सङ्लग्नताका आधारमा मात्रै आरोपीमाथि बिगो तोक्ने व्यवस्था गर्न सुझाव