लुम्बिनी प्रदेश सरकारले आज बजेट ल्याउँदै
शनिबार, ०१ असार २०८१, ०७ : ०५
बुटवल । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८१–०८२ को बजेट आज ल्याउँदै छ । दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले बजेट प्रस्तुत गर्ने कार्यसूची छ ।
सरकारले ३५ देखि ४० अर्बको बिचमा बजेट ल्याउने तयारी गरेको छ ।प्रदेश सरकारले चालु आर्थिक वर्षको तुलनामा झन्डै १० अर्ब रुपैयाँ घटाएर आगामी आर्थिक वर्षको बजेट ल्याउने गृहकार्य गरेको थियो । राजश्व सङ्कलनमा आएको कमीका कारण प्रदेश सकारको बजेट आकार घट्ने भएको हो ।
प्रदेश सरकारले आर्थिक वर्ष २०८०–०८१ का लागि कुल ४० अर्ब ४७ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको थियो । संघीय सरकारले दिने अनुदान र प्रदेशको राजस्वको स्रोत पनि वृद्धि नभएका कारण करिब ३५ देखि ४० अर्बको बिचबाट बजेट ल्याउन थालेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण