बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
समाचार

जावलाखेलमा अर्धचेत अवस्थामा फेला परेका दम्पतीको मृत्यु

शनिबार, ०१ असार २०८१, २१ : ०४
शनिबार, ०१ असार २०८१

काठमाडौँ । ललितपुरको जावलाखेलस्थित डेरामा अर्धचेत अवस्थामा फेला परेका दम्पतीको मृत्यु भएको छ । शुक्रबार साँझ सिन्धुपाल्चोक घर भएर अल्का अस्पताल पछाडि बस्दै आएका २५ वर्षीय उमेश सेन्चुरी र उनकी पत्नी २५ वर्षीया रेणु सेन्चुरी अर्धचेत अवस्थामा भेटिएका थिए । 

उपचारको क्रममा उनीहरूको पाटन अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए । 

डेरामा अर्धचेत भेटिएपछि प्रहरीले उनीहरूलाई अस्पताल लगेको थियो । उनीहरू नव विवाहित दम्पती हुन् ।

घटनास्थलमा विषका बट्टाको खोल फेला परेको ललितपुरका एसएसपी शेखर खनालले बताए । प्रहरीले उनीहरूको शव पोस्टमार्टमका गर्न त्रिवि शिक्षण अस्पतालमा पठाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप