नेपाली दूतावासले मनायो चीनमा बुद्ध जयन्ती
काठमाडौँ । चीनस्थित नेपाली दूतावासले २५६८ औँ बुद्ध जयन्ती मनाएको छ । बुद्ध जयन्तीको अवसरमा त्यहाँस्थित दूतावासमा आयोजना गरिएको कार्यक्रममा राजदूत, कूटनीतिज्ञ, विभिन्न सङ्घ संस्थाका चिनियाँ नागरिक, चीनमा बसोबास गर्ने नेपाली समुदायका सञ्चारकर्मीलगायतको उपस्थिति रहेको नेपाली दूतावासले जनाएको छ ।
नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले बुद्धका उपदेशले सम्पूर्ण मानव जातिलाई सभ्य, करुणामय, नैतिक र सार्थक जीवन बिताउन प्रेरित गर्ने बताए । पञ्चशीलको सिद्धान्तमा निहित दुई देश बिचको लामो समयदेखिको सम्बन्धले बौद्ध आध्यात्मिकताको प्रतीक रहेको बताउँदै उनले विश्वले सामना गरिरहेको विश्वव्यापी चुनौतीहरूको सामना गर्न बुद्धको उपदेश सार्थक हुने धारणा राखे ।
बुद्धिस्ट एसोसिएसन अफ चाइनाका उपाध्यक्ष भिक्षु चाङ जाङ र बेइजिङ लिगुंआङ मन्दिरका मठाधीशले नेपाल र चीनका जनता बिचको घनिष्ठ सम्बन्ध बारे प्रकाश पारेका थिए ।
उनीहरुले राष्ट्र र विश्व समुदायका लागि शान्ति र समृद्धिको लागि निरन्तर सहयोगको अपेक्षा व्यक्त गरेका थिए । बौद्ध भिक्षुहरूले भगवान् बुद्धलाई विश्वव्यापी शान्ति र सद्भावका लागि प्रार्थना गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण