आइतबार, ०२ असार २०८१
ताजा लोकप्रिय
तस्बिरमा हेर्नुहोस् उँभौली पर्व
चण्डी पूर्णिमा

तस्बिरमा हेर्नुहोस् उँभौली पर्व

बिहीबार, १० जेठ २०८१

काठमाडौँ । किराँत समुदायले विभिन्न कार्यक्रम गरी उँभौली पर्व मनाइरहेका छन् । बिहीबार किराँत धर्मावलम्बी राई, लिम्बु, सुनुवार र याक्खा लगायतका जातिहरूले उँभौली अर्थात् चण्डी पूर्णिमामा प्रकृतिको पूजा आराधना गरी मनाइरहेका छन् । 

किराँत समुदायमा प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बाली लगाउनुअघि गाउँ–गाउँमा रहेका भूमेस्थानमा बाली राम्रो होस् भनेर प्रकृतिको पूजा गर्ने परम्परा रहिआएको छ । मंसिर शुक्ल पूर्णिमाका दिन बाली भित्राएर जाडो छल्न बेँसी झरेका मानिस बिहीबारदेखि उँभो लाग्छन् । वैशाख पूर्णिमा पछि गर्मी बढ्दै जानेर बेँसीमा रहेका यो समुदायका मानिस लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उँभौली रहेको हो । वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उँभो लाग्ने किराँत समुदायको विश्वास छ । पर्वका अवसरमा चण्डी नाचसमेत नाचिन्छ भने किराँत समुदायका भिन्न–भिन्न सम्प्रदायका मानिसले साकेला नाच नाच्दछन् ।

किराँत समुदायमा पनि एकथरीले उँभौली पर्व माघ १ गते नै मनाउने गर्छन् । उँधौली भने साउन १ गते मनाउँछन् । पर्वको अवसर पारेर बिहीबार ललितपुरको हात्तीवनमा रहेको साकेलास्थानमा किराँत समुदायका मानिस जम्मा भई विधिपूर्वक पूजा आराधना गर्ने गर्दछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया