सिक्किमका कवि सिम्योन बने ‘द पोएट आइडल’
शनिबार, १२ जेठ २०८१, २३ : ३७

काठमाडौँ । ‘द पोएट आइडल’ सिजन २ को ग्य्राण्ड फिनालेमा सिक्किमका कवि सिम्योन सुकिता राई तीन प्रतिस्पर्धीलाई पछि पार्दै विजेता बनेका छन् । विजेता घोषणा भएसँगै कवि राईले १० लाख रुपैयाँ र अन्य सुविधाहरु पनि प्राप्त गरेका छन् ।
‘द पोएट आइडल’ सिजन २ को शनिबार आयोजित ग्य्राण्ड फिनालेमा धादिङकी कवयित्री डा. मुस्कान पोखरेल, धनगढीका कवि मोहित जोशी, इलामका कवि विजय लुइँटेलले पनि ट्रफी र अन्य सुविधाहरु प्राप्त गरेका छन् ।
अमन प्रताप अधिकारी निर्देशक र दिव्यदेव पन्त प्रस्तोता रहेको टेलिभिजन रियालिटी शो ‘द पोएट आइडल’ सिजन २ माघ २९ गतेदेखि हिमालय टिभीमा प्रसारण हुँदै आएको थियो । कार्यक्रमका 'जज'हरुमा विप्लव प्रतिक, अनुप बराल, उपेन्द्र सुब्बा र केकी अधिकारी रहेका थिए l
‘द पोएट आइडल’ सिजन १ को विजेता पनि सिक्किम निवासी कवि निलम गुरुङ बनेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तिम समयमा सेयर मूल्यमा हुनसक्ने चलखेल आजदेखि अन्त्य
-
साँझको समयमा २३० मेगावाट बिजुली आपूर्ति गर्न परराष्ट्रमन्त्रालय मार्फत भारतसँग अनुरोध
-
गिरिजाप्रसाद कोइरालाको आज १५औँ स्मृति दिवस
-
भगवती चौधरीको प्रश्नमा यस्तो छ प्रधानमन्त्रीको जवाफ
-
पुलिस क्लबले बनायो प्रतियोगिताकै सर्वाधिक स्कोर, बागमती प्रदेशलाई २९८ रनको लक्ष्य
-
यस वर्ष पाँच सय युवालाई स्टार्टअप ऋण सहायता दिइने प्रधानमन्त्रीद्वारा जानकारी