नेपाल-अमेरिका फिल्म फेस्टिभलमा नवीन र दयाहाङ सहभागी हुने
काठमाडौँ । अमेरिकाको मेरिल्याण्ड राज्यमा जुन २० देखि २३ सम्म आयोजना हुने नेपाल-अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा निर्देशक नवीन सुब्बा र अभिनेता दयाहाङ राई सहभागी हुने भएका छन् ।
फेस्टिभलमा उनीहरूले सहकार्य गरेको फिल्म ‘गाउँ आएको बाटो’को पनि प्रदर्शन हुने भएको छ आमोद राईले निर्माण गरेको फिल्ममा दयाहाङसहित पशुपति राई र बाल कलाकार प्रसन राईको अभिनय छ ।
गाउँमा सडक पुगेपछि त्यसले बाबुछोराको सम्बन्धमा ल्याउने उतारचढावको कथा भन्छ । फेस्टिभल समापन फिल्मको रुपमा ‘द रेड सुटकेस’ स्क्रिनिङ हुनेछ ।
भेनिस फिल्म फेस्टिभलमा विश्व प्रिमियर भैसकेको यो फिल्मलाई फिडेल देवकोटाले निर्देशन र रामकृष्ण पोखरेलले निर्माण गरेका हुन् । महोत्सवमा नेपाल, अमेरिका, इरान, जर्मनी, पाकिस्तानलगायत ११ देशका कथानक, वृत्तचित्र, सर्ट र एनिमेसन गरी ३५ फिल्म स्क्रिनिङ हुनेछन् ।
महोत्सव उदघाटन र समापन मेरिल्याण्डस्थित एएफआई सिल्भर थिएटरमा हुने आयोजक नेपाल–अमेरिका फिल्म सोसाइटीद्वारा जारी वक्तव्यमा उल्लेख छ । महोत्सवका फिल्म भने एएफआई सिल्भर थिएटर र ग्रीनबेल्ट थिएटरमा आयोजना हुनेछ । महोत्सव अवधिभर फिल्म र संस्कृति, महिला ‘प्यानल’मा छलफल, फिल्म निर्माणबारे मास्टरक्लास पनि सञ्चालन हुने जनाइएको छ ।
मेरिल्याण्ड राज्यको ‘पाक्र्स तथा योजना आयोग’को सहयोगमा उक्त छलफल हुने जनाइएको छ । सन् २०१७ देखि प्रत्येक वर्ष महोत्सव आयोजना हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण