भुटानमा ५७० मेगावाटको जलविद्युत् परियोजनामा काम गर्दै गौतम अदानी
सोमबार, ०३ असार २०८१, १० : ४२
थिम्पु । भारतीय खर्बपति व्यापारी गौतम अदानीले भुटानको जलविद्युतमा लगानी गर्न लागेका छन् । आइतबार अदानी ग्रुपका मालिक गौतम अदानीले भुटानी राजा जिग्मे खेसर नामग्याल वांगचुक र प्रधानमन्त्री दाशो छिरिङ तोब्गेसँग भेटवार्ता गरेका थिए ।
सो भेटका क्रममा अदानीले ५७० मेगावाटको हरित जलविद्युत् केन्द्र बनाउने सम्झौतामा हस्ताक्षर गरेका थिए ।
जलविद्युत् केन्द्र त्यहाँको चुखा प्रान्तमा बन्नेछ । यस बाहेक अदानीले भुटानमा पूर्वाधार विकासमा सहयोग गर्ने कुरा पनि उनले गरेका छन् ।
अदानीले यसबारे एक्समा एउटा टिेवट गरेर जानकारी दिएका थिए । गएको वर्ष भुटानी राजासँगको भेटमा अदानीले त्यहाँको पूर्वाधार विकासमा योगदान दिने अवसर खोजिरहेको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण