रुपन्देहीमा ११५ बोरा अवैध प्याज बरामद
आइतबार, ०२ असार २०८१, १५ : ०६

बुटवल । रुपन्देहीमा १ सय १५ बोरा अवैध प्याज बरामद गरिएको छ । आइतबार बिहान सशस्त्र प्रहरीले करिब ५ हजार ७ सय ५० केजी प्याज बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डन्डा रुपन्देहीबाट खटिएको टोलीले ओमसतिया गाउँपालिका–४ स्थित वसन्तपुरबाट उक्त प्याज बरामद गरेको हो ।
भारतबाट अवैध रूपमा नेपाल ल्याएर गोदाम गरी राखेको अवस्थामा प्याज बरामद गरिएको जनाइएको छ । उक्त प्याज करिब २ लाख ३० हजारको रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीका अनुसार बरामद गरिएको प्याज भन्सार कार्यालयमा बुझाउने तयारी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: नागार्जुनका मेयर दोषी ठहर, ग्वार्काे ओभरपास सञ्चालनमा
-
गैँडाकोटले घरेलु मदिरालाई व्यावसायीकरण गर्ने
-
आयोजक स्कटल्यान्डलाई त्रिकोणात्मक सिरिज, नेपाल पराजित
-
अख्तियारद्वारा दुई कर्मचारी पक्राउ, थप दुई कर्मचारीको मोबाइल बरामद
-
एसएसपीले गरे ग्वार्को ओभरपासको उद्घाटन, ओलीले ताली पड्काए (भिडियोसहित)
-
राजावादीको आन्दोलन मत्थर भएपछि काठमाडौँको निषेधाज्ञा फिर्ता