पोखरामा एक घरबाट ७० लाख रुपैयाँभन्दा बढीको चोरी
आइतबार, १३ जेठ २०८१, १२ : ५९
कास्की । पोखरा महानगरपालिका-१७ बिरौटा अन्नपूर्ण मार्ग बस्ने ६० वर्षीय लक्ष्मीकान्त शर्माको घरबाट लाखौँ रुपैयाँ बराबरको चोरी भएको छ ।
घरको ढोकाको ताल्चा फोडेर सुनका गरगहना ३४ तोला ५५ लाल र नगद ३ लाख ७५ हजार रुपैयाँ नगद चोरी भएको प्रहरीको भनाई छ । त्यस्तै सोही घरमा भाडामा बस्ने सूर्यदेवी पौडेलको सुनका गरगहना २ तोला ७० लाल तथा नगद ५ हजार रुपैयाँ र अन्जु क्षेत्रीको नगद १५ हजार तथा विभिन्न जिन्सी सामानहरू समेत गरी करिब ७० लाख ८२ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
लक्ष्मीकान्त बुधबार पोखरा महानगरपालिका-२२ पाउदुरस्थित पुरानो घर गएकोमा शनिबार घर फर्की आई हेर्दा उक्त नगद तथा सुनका गरगहना चोरी भएको बताइएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण